चुनावमा भाग लिने कांग्रेसको औपचारिक निर्णय

शनिबार, ०६ मंसिर २०८२

काठमाण्डौ : नेपाली कांग्रेसले आसन्न चुनावमा भाग लिने औपचारिक निर्णय गरेको छ । आज सानेपामा बसेको कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले आउँदो माघ ११ गते हुने राष्ट्रिय सभा चुनाव र फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावमा भाग लिने निर्णय गरेको हो ।

आजको बैठकले वर्तमान राजनीतिक संकटको निकास, संविधानको संरक्षण र जेन–जीले उठाएको मागलाई संस्थागत रुपमा चुनावबाटै सम्बोधन गर्न सकिने ठहर गर्दै चुनावमा जाने निर्णय गरेको हो । त्यस्तै कांग्रेसले दुबै चुनावका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णयसमेत गरेको छ । कांग्रेसले प्रतिनिधिसभा विघटन असंवैधानिक भनेको छ । तर यो विषय सर्वोच्च अदालतले नै टुङ्गो लगाउने भन्दै कांग्रेस केन्द्रीय समितिले चुनावमा भाग लिने निर्णय गरेको हो ।

कांग्रेसले चुनावका लागि भयरहित वातावरण बनाउन हराइरहेका हतियार र भागेका कैदीबन्दीहरुलाई तत्काल नियन्त्रणमा लिनुपर्ने माग गरेको छ । पार्टी महाधिवेशनको विवाद नमिलेका कारण त्यसबारेमा भने बैठकले निर्णय गर्न सकेन । महामन्त्री गगन थापाले महाधिबेसनका बारेमा छलफल गरेर फेरि बैठक बस्ने तर मंसिरमा नियमित महाधिबेसन गर्न नसकेमा विशेष महाधिवेशन गर्ने कुरा निर्विकल्प भएको बताए ।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार