आजको एनपीएल डबल हेडर : को टिक्ने, को बाहिरिने ? प्लेअफ समीकरण झन् रोचक

विहीबार, १८ मंसिर २०८२

काठमाडौँ : त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई महत्त्वपूर्ण खेल हुँदैछन्।

आजको पहिलो खेल ११:४५ बजे पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाजबीच हुनेछ भने अपराह्न ४:०० बजे सुदूरपश्चिम रोयल्स र चितवन राइनोज आमनेसामने हुनेछन्।

प्लेअफको दौडमा रहेको पोखरा एभेन्जर्सले पाँच खेलबाट जम्मा चार अङ्क जोडेको छ। त्यसैले प्लेअफको सम्भावना जीवित राख्न आजको खेल जित्नै पर्ने दबाबमा छ। काठमाडौँ गोर्खाजले भने ६ खेलबाट ८ अङ्क जोडेको छ।

अर्को खेलमा, १० अङ्कका साथ शीर्ष स्थानमा रहँदै प्लेअफमा पुगिसकेको सुदूरपश्चिम रोयल्सले चितवन राइनोजको सामना गर्नेछ। पाँच खेलबाट ४ अङ्क मात्र जोडेको चितवनलाई पनि प्लेअफमा स्थान बनाउनका लागि आजको खेल जित्नै पर्ने बाध्यता छ।


अङ्क तालिका

आठ टिम सहभागी एनपीएलमा अहिलेसम्म सुदूरपश्चिम मात्र अपराजित रहेको छ। सुदूरले खेलेका पाँचै खेल जितेको छ र प्लेअफमा पुग्ने पहिलो टिम बनेको छ।

काठमाडौँ गोर्खाज ६ खेलमा ८ अङ्कसहित दोस्रो स्थानमा रहेको छ। विराटनगर ६ खेलमा चार खेल जितेर ८ अङ्कसहित तेस्रो स्थानमा छ। पोखरा एभेन्जर्स ६ खेलमा ६ अङ्कसहित चौथो स्थानमा छ। चितवन राइनोज ५ खेलबाट ४ अङ्कसहित पाँचौँ स्थानमा छ।

लुम्बिनी लायन्स ५ खेलमा ४ अङ्कसहित छैटौँ स्थानमा छ। कर्णाली याक्स ६ खेलमा २ अङ्कसहित सातौँ स्थानमा छ। साबिक विजेता जनकपुर ५ खेलबाट २ अङ्कसहित पुछारमा छ।


यसअघिका खेलहरूको नतिजा

२२ औँ खेल : लुम्बिनी लायन्स ५ विकेटले विजयी
नेपाल प्रिमियर लिग टी–२० को २२ औँ खेलमा विराटनगर किंग्सलाई पराजित गर्दै लुम्बिनी लायन्सले प्लेअफको सम्भावना कायम राखेको छ। १४५ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७ ओभर ४ बलमै ५ विकेटको क्षतिमा पूरा गर्‍यो।

लुम्बिनीका लागि डार्ची सर्टले ४४ बलमा ५७ रन तथा निरोशन डिकेवालाले २२ बलमा अविजित रहँदै २९ रन बनाए।

यसअघि ब्याटिङ गरेको विराटनगरले ८ विकेटको क्षतिमा १४४ रन बनाएको थियो।

लोकेश बमले ४२ बलमा ३५ रन बनाए। बसिर अहमदले २८ तथा साम हेज्लेटले २७ रन डे। दक्षिण अफ्रिकी फाफ डु प्लेसिसले ९ बलमा १२ रन मात्र बनाए। लुम्बिनीका लागि शेर मल्लले ३ विकेट लिए।


२१ औँ खेल : पोखरा एभेन्जर्स ३४ रनले विजयी
पोखराले कर्णाली याक्सलाई पराजित गर्दै प्लेअफ सम्भावना जीवित राखेको छ। कर्णालीले टस जितेर बलिङ रोजेपछि पोखराले २ विकेटको क्षतिमा २०१ रन बनायो। एडम रोसिङटनले ५८ बलमा अविजित रहँदै १०८ रन बनाए। जासन रोयले ३४ बलमा ४६ रन जोडे।

जवाफमा कर्णाली १९ ओभरमा १६७ रन बनाएर अलआउट भयो। मार्क वाटले ३४ बलमा ५९ रन बनाए। पोखराका धनन्जय लक्शन र ऋषि धवनले समान ३ विकेट लिए।

जितसँगै पोखराको प्लेअफको आशा कायम रहे पनि कर्णाली एक खेल बाँकी छँदै बाहिरिएको छ।


२० औँ खेल : जनकपुर बोल्ट्स ६ विकेटले विजयी
१७७ रनको चुनौती जनकपुरले १७ ओभर ३ बलमै ४ विकेटका क्षतिमा पूरा गर्‍यो।

जनकपुरका लागि माज सदाकतले ३० बलमा ६३ तथा अनिल साहले ३६ बलमा ६१ रन बनाए।

चितवनले पहिले ब्याटिङ गर्दै ४ विकेटको क्षतिमा १७६ रन बनायो। डेभिड मलानले ५४ बलमा ८० रन तथा अर्जुन साउदले ३९ बलमा ५२ रन जोडे।


१९ औँ खेल : काठमाडौँ गोर्खाज ५ विकेटले विजयी
कर्णालीले ७ विकेटको क्षतिमा १४९ रन बनाएको लक्ष्य काठमाडौँले १८ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो।

इरास्मसले ३३ बलमा अविजित ४३ तथा जोन सिम्पसनले २१ बलमा ४१ रन बनाए।


१८ औँ खेल : सुदूरपश्चिम रोयल्स ६ विकेटले विजयी
१४६ रनको लक्ष्य सुदूरले १७ ओभर ४ बलमै पूरा गर्‍यो।

इशान पाण्डे ३५ बलमा ५६, विनोद भण्डारी ४९ बलमा ४२ रन बनाए।

जनकपुरले ८ विकेटको क्षतिमा १४५ रन बनाएको थियो।


१७ औँ खेल : लुम्बिनी लायन्स ३ विकेटले विजयी
१५१ रनको लक्ष्य लुम्बिनीले दुई बल बाँकी छँदै ७ विकेटको क्षतिमा पूरा गर्‍यो। कप्तान रोहित पौडेलले ३६ बलमा ४० रन, डिकेवालाले २२ बलमा ३७ रन बनाए।

पोखराले १५० रन बनाएको थियो।


१६ औँ खेल : विराटनगर किंग्स ३ विकेटले विजयी
कर्णालीले १६० रन बनाएको लक्ष्य विराटनगरले अन्तिम बल खेल्न बाँकी छँदै ७ विकेटमा पूरा गर्‍यो।


१५ औँ खेल : काठमाडौँ गोर्खाज ५३ रनले विजयी
१४२ रन बनाएको काठमाडौँले चितवनलाई ८९ रनमै समेट्यो।


१४ औँ खेल : पोखरा एभेन्जर्स २५ रनले विजयी
पोखराले १५५ रन बनाएको लक्ष्य जनकपुर १३० रनमै समेटियो।


१३ औँ खेल : सुदूरपश्चिम रोयल्स ७ विकेटले विजयी
लुम्बिनीले १४३ रन बनाएको लक्ष्य सुदूरले १८ ओभर २ बलमै पूरा गर्‍यो।


१२ औँ खेल : चितवन राइनोज ४८ रनले विजयी
१७४ रन बनाएको चितवनले विराटनगरलाई १२६ रनमै समेट्यो।


११ औँ खेल : काठमाडौँ गोर्खाज २२ रनले विजयी
काठमाडौँले १५७ रन बनाएको लक्ष्य लुम्बिनीले १३५ रनमात्र बनाउन सक्यो।


१० औँ खेल : सुदूरपश्चिम रोयल्स ४५ रनले विजयी
१३९ रन बनाएको सुदूरले कर्णालीलाई ९४ रनमै रोक्यो।


९ औँ खेल : विराटनगर किंग्स ९ रनले विजयी
१३५ रन बनाएको विराटनगरले जनकपुरलाई १२६ रनमै समेट्यो।


८ औँ खेल : विराटनगर किंग्स ५ विकेटले विजयी
१३५ रनको लक्ष्य विराटनगरले १७ ओभर १ बलमा पूरा गर्‍यो।


७ औँ खेल : कर्णाली याक्स ९ विकेटले विजयी
१५७ रनको लक्ष्य कर्णालीले १२ ओभर २ बलमै १ विकेट गुमाएर पूरा गर्‍यो। मार्क वाटले अविजित ११४ रनको शतक बनाए।


६ औँ खेल : सुदूरपश्चिम रोयल्स २१ रनले विजयी
१९३ रन बनाएको सुदूरले पोखरालाई १७५ रनमै रोक्यो।


५ औँ खेल : लुम्बिनी लायन्स ६ विकेटले विजयी
१४३ रन बनाएको चितवनलाई लुम्बिनीले सजिलै पराजित गर्‍यो।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार