दमकबाट लागू औषध प्रयोगकर्ता पक्राउ

विहीबार, १८ मंसिर २०८२
सांकेतिक फोटो

झापा :  स्विप अप्रेसनमा खटिएको इलाका प्रहरी कार्यालय दमकको प्रहरी टोलीले ८ जना लागू औषध प्रयोगकर्ताहरलाई नियन्त्रणमा लिएको छ । 

इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक किशोर लम्सालको नेतृत्वमा खटिएको प्रहरी टोलीले दमक नगरपालिका वडा नम्बर ७ रतुवा खोलाको बाँधबाट लागू औषध प्रयोगकर्ताहरुलाई नियन्त्रणमा लिएको हो । 

प्रहरीले नियन्त्रणमा लिएका लागू औषध प्रयोगकर्ताहरुमा दमक नगरपालिका वडा नम्बर ६का पप्पु रनमहेली सोही ठाउँका टिका प्रसाद भट्ट , विराटनगर महानगरपालिका वडा नम्बर १८ की रोशनी दास सोही ठाउँका रेनु देवी दास र बर्षा दास गौरादह नगरपलिका वडा नम्बर ३ की सरिता राजवंशी दमक नगरपालिका वडा नम्बर ५ का रित बहादुर नेपाली सोही ठाउँका विष्णु कुमाल रहेका छन । 

पक्राउ गरिएकाहरुलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दमकमा राखिएको प्रहरीले समेत प्रहरीले जनाएको छ । 
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार