झापा : झापाको धौलापुलबाट प्रहरीले राजस्व छलि गरी भद्रपुर तर्फ तीन वटा सवारी साधनमा लैजादै गरेको विभिन्न सामान र सवारीसहित मानिसलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी निरीक्षक प्रविण श्रेष्ठको नेतृत्वमा खटेको प्रहरी टोलीले विर्तामोडबाट भद्रपुर तर्फ जाँदै गरेका मे.१ च ६८९२, प्र १–०१–००१ च ७५२४, मे १ च ४०४५ नम्बरका सवारी साधनमा भन्सार छली लैजादै गरेको रक्सी , बियर , डाईफर कास्मेटिक लगायतका सामान सहित सवारी चालकहरुलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले विर्तामोड नगरपालिका वडा नम्बर ९ धौलापुरमा चेकजाँच गर्ने क्रममा सवारी साधन र सामान सहित चालकहरु झापा अर्जुनधारा नगरपालिका वडा नम्बर ११ का दिलिप खड्का अर्जुनधारा नगरपालिका वडा नम्बर ५ का राजाराम खड्का र ा भद्रपुर नगरपालिका वडा नम्बर १ का उदेन राईलाई पक्राउ गरिएको सामान , सवारी साधन सहित आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय इटहरी पठाएको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया