प्रत्येक महिना महिलाले खेप्नुपर्ने महिनाबारीले महिलाको स्वास्थ्यलाई जोडेको छ । त्यसैले बिराट हेल्थ केयर इन्डष्ट्रिज आफुलाइ विश्वसनिय, सुरक्षीत तबरका आधारमा अग्रसर बनाएर अगाडी आएको छ ।
हामीले उत्पादन गर्ने सेनेटरी प्याड हवाइट मुनको मुख्य उद्देश्य भनेको आयातीत सेनेटरी सामानहरुमा परनिर्भरता घटाउनुका साथसाथै गुणस्तरीय, सर्वसुलभ रुपमा उपलब्धता पनि हो ।’
चिनबाट ल्याएको आधुनिक उपकरणबाट सेनेटरी प्याट उत्पादन हुने गरेको छ । दैनिक तीनदेखि चार लाखसम्म सेनेटरी प्याट उत्पादन गर्न सक्ने क्षमता रहेको छ । तर, अहिले फुल फेजमा संचालनमा नआएको कम्पनीले जनाएको छ ।
कम्पनीले सेनेटरी प्याडको उत्पादनसँगै पहिलो चरणमा पूर्वी नेपालका विभिन्न ग्रामीण क्षेत्रका किशोरी तथा महिलाहरुलाई प्रजनन स्वास्थ्यका बारेमा शिक्षा प्रदान गर्ने, महिनावारीका बारेमा साक्षरता बढाउने र महिनाबारीका बारेमा देखिने अन्धविश्वासलाई घटाउने उनले बताइन् । ‘महिलाको उद्देश्य, लक्ष्य र सफलतालाई महिनाबारीले छेक्नु हुदैन र छेक्दैन भन्ने कुरामा विश्वस्त पार्ने रहेको छ । त्यसैले, सुरक्षीत महिनाबारी, हाम्रो जिम्मेबारी भन्ने हाम्रो यो अभियानमा यहाँहरुको पनि साथ रहनेछ भन्ने विश्वास राखेका छौं,’।
प्रतिक्रिया