काठमाडौँ : त्रिभुवन विमानस्थलका तत्कालीन प्रमुख तीर्थराज भट्टराईसहित सात जना र दुई कम्पनी विरुद्ध भिजिट भिसा प्रकरणमा अख्तियारले भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण मुद्दा दायर गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धा आयोगले विशेष अदालतमा भट्टराई लगायतलाई भष्ट्राचार तथा सम्पत्ति शुद्धिकरण मुद्दा दायर गरेको हो ।
अख्तियारले त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका तत्कालीन अधिकारीद्वय तीर्थराज भट्टराई र यज्ञराज अर्यालमाथि भ्रष्टाचार मुद्दा लगाइएको छ । दुई ट्राभल एजेन्सी, त्यसका तीन सञ्चालक र अरू दुईजनालाई पनि प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ ।
विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीका अनुसार, सहसचिव भट्टराई, सीआईएसटी ल्याबकी सहायक कविता पौडेल र जग्गा व्यवसायी ख्यामप्रसाद सुवेदीलाई घुस लिएको रकमको उपयोगमा काम गरेबापत सम्पत्ति शुद्धीकरणको मुद्दा लगाइएको छ ।
भ्रष्टाचार मुद्दामा ग्रीनलाइन होलिडेज प्रालि, त्यसका सञ्चालकद्वय बालकृष्ण खड्का र राम खड्का तथा फेमिली होलिडेज ट्राभल्स एन्ड टुर्स र त्यसका सञ्चालक दीपक भण्डारीलाई पनि प्रतिवादी बनाइएको छ ।
प्रतिक्रिया