इटहरी । मोरङको धनपालथान गाउँपालिका–४ मा मोटरसाइकलको ठक्करबाट घाइते भएका पुरुषको उपचारका क्रममा दुई सातापछि मृत्यु भएको छ ।
सखरदिनाबाट कर्सियातर्फ जाँदै गरेको को २३ प ८४०६ नम्बरको मोटरसाइकलले गत मंसिर १२ गते साँझ ठक्कर दिँदा पैदलयात्री धनपालथान–३ सोराभागका ५२ वर्षीय शिवचरण माझी घाइते भएका थिए ।
उनलाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल भर्ना गरिएको थियो । उपचाररत माझीको आइतबार बिहान ३ः१५ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल चालक धनपालथान–४ का ३१ वर्षीय धर्मेन्द्र परियारलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया