उनले हुलकी राजमार्ग अन्तर्गत सो क्षेत्रका मुख्य बजारहरुको सडकको चौडाई सय मिटर फराकिलो बनाउन दबाब समेत दिएका छन् । सांसद पोखरेलको निर्देशनसँगै आयोजना प्रमुख र इन्जीनियरहरुको टोलीले निर्माणाधिन सडकको निरिक्षण गरेको छ । सो टोलीले निर्माण कम्पनीलाई मापदण्ड अनुसारको काम द्रुत गतिमा थाल्न निर्देशन पनि दिएको जनाइएको छ ।
अहिले सो निर्वाचन क्षेत्र अन्तर्गत रंगेलीदेखि चौकीघाट सम्मको सडक निर्माण कार्यले गति लिएको स्थानीयको भनाई छ । सम्बन्धीत सरकारी अधिकारीहरुलाई निर्माणाधिन सडकको स्थलगत निरिक्षण गराई समस्या समाधानका लागि पोखरेलले पहल थालेसँगै स्थानीय उत्साहित भएका छन् ।
‘जबसम्म स्थानीय समस्या र जमिनमाटो चिनेको जनप्रतिनिधि चुनिँदैन तबसम्म आफ्नो क्षेत्रमा केही नहुने रहेछ भन्ने कुराको अनुभूती भयो ।’ स्थानीय रमेश सिंहले भने,‘अब हाम्रो समस्या बुझेको जनप्रतिनिधि आएपछि काम चाँडै सम्पन्न हुन्छ भन्ने आश जागेको छ ।’
यतिबेला हुलाकी राजमार्गको रंगेली–चौकीघाट सडक निर्माण कार्यले तीब्रता पाएको छ । हुलाली सडक आयोजना कार्यालयले यसै आर्थिक वर्षको अन्त्यसम्ममा कालोपत्रे सडक सम्पन्न गर्नेगरी काम अघि बढेको जनाएको छ । ‘हामीलाई यस सडकको विषयमा दिनहु फोनहरु आइरहन्थ्यो ।
’ आयोजना प्रमुख थापाले भने,‘अहिले फिल्डमा काम पनि भइरहेको छ । हामी काम सम्पन्न गर्ने दृढ संकल्पका साथ लागि परेका छौँ ।’
सोही सडकमा पर्ने रतुवा खोलकोको अधुरो पुलको काम समेत अब सुरु हुने भएको छ । सो पुलको काम आगामी पुस अन्तिम वा माघको पहिलो सातदेखि सुरु हुने जनाइएको छ ।
प्रतिक्रिया