राष्ट्रिय एकताका लागि सबै एक ठाउँमा आउन दुर्गा प्रसाईंको आग्रह

आइतबार, २० पुस २०८२

काठमाडौं : राष्ट्रिय एकताका लागि आन्दोलनको आवश्यकता रहेको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका संयोजक दुर्गा प्रसाईंले वताएका छन् । देशको वर्तमान अवस्था गम्भीर रहेको भन्दै राष्ट्रिय एकताका लागि आन्दोलनको आवश्यकता रहेको प्रसाईले औंल्याएका हुन् ।

आइतबार काठमाडौंमा आयोजित ‘राष्ट्रिय संकल्प ः पृथ्वीपथ’ विषयक कार्यक्रममा बोल्दै प्रसाईंले अहिले अधिकांश नेपाली आर्थिक रूपमा कंगाल भइसकेको अवस्थामा रहेको समेत दाबी गरे । प्रसाईले युवाहरू ठूलो संख्यामा विदेश पलायन भइरहेको उल्लेख गर्दै देश कति सुरक्षित छ भन्ने विषयमा गम्भीर रूपमा सोच्नुपर्ने समय आएको बताए । 

 देश निर्माणका लागि सबै एक ठाउँमा आउन आवश्यक रहेको भन्दै व्यक्तिवाद र विभाजनकारी प्रवृत्ति त्याग्न प्रसाईले आग्रह समेत गरे । जेनजीलाई अघि बढाउनुपर्छ की कसलाई अघि बढाउनुपर्छ तयार हुनुपर्छ भन्दै प्रसाईले केही मान्छले रवि, बालेन, हर्क भनेका छन् भने केहीले राजाराजा भन्दै आइरहेका छन् । तर यो देश बनाउने नै हो भने यो प्रवृत्ति छोड्नुपर्यो र एक ठाउँमा आउनुपर्यो ।’ भने । 

पछिल्लो समय विभिन्न व्यक्तित्व वा व्यवस्थाको पक्षमा देखिएको विभाजनले राष्ट्रिय उद्देश्यमा बाधा पु¥याएको प्रसाईको तर्क रहेको थियो । कार्यक्रममा प्रसाईंले राजसंस्थाको आवश्यकतामाथि पनि जोड दिए । उनले देश र राष्ट्रको संरक्षणका लागि सबै पक्ष एकजुट भई अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार