काठमाडौँ : निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरूको नियुक्ति गरेको छ।
आयोगले न्याय परिषद्को परामर्शमा ७७ जना जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृतका रूपमा नियुक्त गरेको हो। यस्तै, न्याय सेवा आयोगको परामर्शमा नेपाल न्याय सेवाका राजपत्राङ्कित द्वितीय श्रेणीका ८८ जना अधिकृतलाई निर्वाचन अधिकृत नियुक्त गरिएको आयोगले जनाएको छ।
नियुक्त भएका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूले माघ २ गतेभित्र आफू खटिएको निर्वाचन क्षेत्रभित्र कार्यालय स्थापना गरी निर्वाचनसम्बन्धी कार्यक्रम सञ्चालन गर्नेछन्।
निर्वाचन आयोगका अनुसार निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, पारदर्शी र विश्वसनीय बनाउने उद्देश्यका साथ अनुभवी र योग्य जनशक्तिलाई जिम्मेवारी दिइएको हो।
आयोगले तोकिएका निर्वाचन अधिकृतहरूलाई कानुनअनुसार निर्वाचनको सम्पूर्ण प्रक्रिया समयमै सम्पन्न गर्न निर्देशन दिएको छ।
नामावली यसप्रकार छ :
प्रतिक्रिया