कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दै

आइतबार, २० पुस २०८२

काठमाडौँ : नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपा, ललितपुरमा दिउँसो १ बजे बस्ने बैठकमा कांग्रेसको १५औँ महाधिवेशन, आसन्न राष्ट्रियसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार बैठकमा पार्टीको आगामी कार्यदिशा, संगठनात्मक तयारी र निर्वाचनसम्बन्धी रणनीतिबारे समेत चर्चा हुने छ ।

यसअघि कार्यसम्पादन समितिको शुक्रबार बसेको बैठकले कांग्रेसको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौँमा आयोजना गर्ने निर्णय गरिसकेको छ ।

यस्तै, कांग्रेस केन्द्रीय कार्यालयमा गत असोज २९ गते पार्टीका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले दर्ता गराएको विशेष महाधिवेशनको प्रस्ताव का बारे कांग्रेसमा विवाद कायम छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार