सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?

सोमबार, २१ पुस २०८२

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । आज २५ सय रुपैयाँले सुनको मूल्य बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २ लाख ६५ हजार रुपैयाँ कायम भएको छ ।
आइतबार सुनको मूल्य २ लाख ६२ हजार ५ सय रुपैयाँ कायम भएको थियो ।

यसैगरी चाँदीको मूल्य पनि १८५ रुपैयाँले बढेको छ । आइतबार ४ हजार ५ सय रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर ४ हजार ६ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार