प्रचण्डलाई पक्राउ गरी अनुसन्धान हुनुपर्ने मागसहितको रिटमा सर्वोच्चमा सुनुवाइ हुँदै

सोमबार, २१ पुस २०८२

काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई पक्राउ गरी अनुसन्धान हुनुपर्ने मागसहित सर्वोच्च अदालतमा दायर भएको रिटमा सुनुवाइ हुँदैछ ।

सर्वोच्चका न्यायाधीशद्वय मनोजकुमार शर्मा र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ । रामेछापका ज्ञानेन्द्रराज आरण, कल्याण बुढाथोकी लगायत २४ जना द्वन्द्व पीडितहरूले दायर गरेको रिटमा सुनुवाइ हुन लागेको हो ।

प्रचण्डले २०७६ माघ १ गते काठमाडौँमा आयोजित एक कार्यक्रममा सशस्त्र द्वन्द्वमा मारिएका १७ हजार मध्ये पाँच हजार हत्याको जिम्मेवारी आफूले लिने बताएका थिए । सोही अभिव्यक्तिका आधारमा निवेदकहरूले आफ्ना परिवारका सदस्य मारेको अभिव्यक्ति दिने दाहाललाई पक्राउ गरी आवश्यक अनुसन्धानको प्रक्रिया अघि बढाउन माग गर्दै रिट दायर गरेका थिए ।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार