पत्रकारिता छाडेर राजनीतिमा ऋषि धमला, रौतहट–४ बाट प्रतिनिधिसभा उम्मेदवार

मंगलबार, ०६ माघ २०८२

काठमाडौँ : पत्रकार ऋषि धमलाले सक्रिय पत्रकारिता छाड्दै औपचारिक रूपमा राजनीतिमा प्रवेश गरेका छन् ।

उनले आगामी प्रतिनिधिसभा निर्वाचनमा रौतहट निर्वाचन क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिने घोषणा गरेका छन् ।

धमलाले आम जनता पार्टीको तर्फबाट मोबाइल चुनाव चिन्ह लिएर निर्वाचनमा प्रतिस्पर्धा गर्न लागेका हुन् ।

उनकी पत्नी एलिजा गौतमका अनुसार धमलाले जनताको प्रत्यक्ष प्रतिनिधिका रूपमा संसदमा पुगेर आवाज उठाउने उद्देश्यले उम्मेदवारी दिन लागेको बताए ।

गौतमले सामाजिक सञ्जाल फेसबुकमार्फत एक तस्बिर सार्वजनिक गर्दै धमलाको उम्मेदवारीबारे जानकारी दिएकी हुन् ।

लामो समयदेखि टेलिभिजन बहस र खोजमूलक पत्रकारितामा सक्रिय धमलाको राजनीतिमा प्रवेशलाई चासोका साथ हेरिएको छ ।

617382952_3361986583958371_5600786132123178446_n

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार