काठमाडौँ : सानिमा बैंक लिमिटेडले पवन कुमार आचार्यलाई नयाँ प्रमुख कार्यकारी अधिकृत (CEO) नियुक्त गरेको छ। उनी मिति २०८२ माघ १२ गते पदभार ग्रहण गरेका छन्।
सानिमा बैंकको सञ्चालक समितिले मिति २०८२ कार्तिक २४ (नोभेम्बर १०, २०२५) को बैठकमा आचार्यलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको थियो।
आचार्यले २१ वर्षदेखि सानिमा बैंकमा योगदान पु¥याउँदै आएका छन्। उनी संयुक्त राज्य अमेरिकाको पिट्सबर्ग स्टेट युनिभर्सिटीबाट स्नातकोत्तर तह र भारतको MNIT, Jaipu बाट इन्जिनियरिङमा स्नातक गरेका हुन्।
प्रधान कार्यकारी अधिकृतको पदभार ग्रहण गर्नु अघि आचार्य बैंकको वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत थिए।
सानिमा बैंकमा आफ्नो सेवाकालमा उनले दसभन्दा बढी विभाग र शाखाहरूको नेतृत्व गरिसकेका छन्। उनका प्रमुख कार्यक्षेत्रहरू कर्जा मूल्याङ्कन, डिजिटलाइजेसन र परियोजना वित्त रहेका छन्।
उनी सानिमा बैंकको सहायक कम्पनी सानिमा क्यापिटलमा अध्यक्षको रूपमा पनि कार्यरत थिए। बैंकिङ्ग क्षेत्रबाहेक उनीसँग इन्जिनियरका रूपमा चार वर्षभन्दा बढी व्यावसायिक अनुभव छ। साथै, उनले पाँच वर्षसम्म भिजिटिङ फ्याकल्टीको रूपमा पनि सेवा प्रदान गरेका छन्।
बैंकले आचार्यको विश्लेषण क्षमता, रणनीतिक सोच र अनुभवका आधारमा नेतृत्वमा थप सफलता र प्रतिष्ठा हासिल हुने विश्वास व्यक्त गरेको छ।
प्रतिक्रिया