इलाम : महिला आत्मनिर्भरतामा जोड दिदै भन्ज्याङ महिला समूह पछिल्लो समय सक्रिय रहेको छ । घरको कामसंगै आयआर्जनमा महिलाहरुलाई सहभागिता गराउदै आर्यआर्जनको स्रोत जुटाउन समुह सक्रिय रहेको हो ।
इलाम नगरपालिका वडा नम्बर ९ को भन्ज्याङ महिला समूहले इलामका महिलाहरूलाई सहभागी गराएर आत्मनिर्भरताका लागि विभिन्न सिप लगाउने देखि लिएर क्षमता अभिवृद्धका लागि नेतृत्व तथा व्यक्तित्व विकास सम्वन्धी तालिम समेत प्रदान गर्दै आएको छ ।
समूहले हाल इलाम नगरपालिका वडा नम्बर १० मा महिला सहभागिता बाँसको चोयाबाट मुढा बनाउन र कुचो बाट्न सिकाइरहेको छ । आयआर्जन कम भएका महिलाहरूलाई सिप सिकाएर व्यावसायिक बनाउने प्रोत्साहन गर्ने उद्धेश्यले विभिन्न किसिमका तालिमहरु सञ्चालन गर्ने गरेको जनाइएको छ । टेवा नेपालसँगको सहकार्यमा वाँसको चोयाबाट विभिन्न किसिमका सामाग्री वनाउने सिप सिकाइरहेको महिला समूहकी अध्यक्ष मिना पराजुलीले जानकारी दिइन ।
स्थानीय ३० जना महिलाहरूको सहभागिता रहेको तालिममा स्थानीय स्तरमै उत्पादन भएको कच्चा पदार्थबाट कुचो वनाउने तथा बाँसको चोया काट्ने , मुढा वनाउने तालिम सञ्चालन भई रहेको समेत अध्यक्ष पराजुलीले बताइन ।
स्थानीय स्तरमा नै उत्पादन भएको कुचोलाई बाँसको चोयाले बाट्न र मुढा बनाउन स्थानीयको सक्रिय सहभागिता रहेको छ । सहभागीहरूलाई झापाका विकास गजमेरले सहजीकरण गरिरहेका छन् । सोही समूहले गएको वर्ष महिलाहरूलाई नौमती बाजा बजाउन समेत सिकाइएको थियो ।
प्रतिक्रिया