पाँचथर: फागुन २१ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा सदस्यको निर्वाचन गराउन भर्ना गरिएका निर्वाचन प्रहरी’ लाई तालिम दिन थालिएको छ ।
पाँचथर जिल्लाका लागि भर्ना गरिएका १ हजार २ सय २७ निर्वाचन प्रहरीलाई १० वटा केन्द्रमा विकेन्द्रित गरी तालिम दिन थालिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक अनिषकुमार कर्णले बताए ।
उनीहरूका लागि सदरमुकाम फिदिम सहित रवि,अमरपुर,मौवा,जोरपोखरी,यासोक,राँके र मेमेङ सहित १० ठाउँमा तालिम सुरु गरिएको कर्णको भनाई छ ।
निर्वाचन प्रहरीका लागि दिइने तालिमको उद्घाटन प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले गरे ।
तालिम उद्घाटनका क्रममा बोल्दै प्रजिअ दाहाल र प्रहरी नायव उपरीक्षक कर्णले निर्वाचन प्रहरीलाई दिइएको जिम्मेवारी इमानदारी पूर्वक निर्वाह गर्न निर्देशन दिए ।
प्रतिक्रिया