घट्यो डिजेल र मट्टीतेलको मुल्य,पेट्रोल र ग्याँसको मूल्य भने यथावत

मंगलबार, ०२ जेठ २०८०
काठमाण्डौ । डिजेल र मट्टीतेलको मूल्य लिटरमै १० रुपैयाँले घटेको छ । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य लिटरमै १० रुपैयाँले घटाएको हो । यसअघि १६५ रूपैयाँ प्रतिलिटरमा कारोवार हुने गरेकोमा घटेको नयाँ मूल्यसुचि अनुसार डिजेल र मट्टीतेलको प्रतिलिटर उपभोक्ता मूल्य १५५ रूपैयाँ कायम भएको छ । निगमले पेट्रोल, हवाई इन्धन र खाना पकाउने ग्याँसको मूल्य भने यथावत राख्ने निर्णय गरेको छ । निगमका प्रवक्ता मनोज कुमार ठाकुरका अनुसार भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएपछि नेपालमा पनि उपभोक्ता मूल्य घटाइएको हो । भारतीय आयल कर्पोरेसन (आईओसी) ले पठाएको नयाँ मूल्यसूची अनुसार डिजेलको मूल्य प्रतिलिटर ८ रुपैयाँ र पेट्रोलको मूल्य ९ रुपैयाँले घटेर आएको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार