तिन बालिकालाई बलात्कार गरेको आरोपमा ३ जना पक्राउ

मंगलबार, २७ मंसिर २०७९
फेसबुकमा चिनजान भएका ३ जना बालिकालाई जन्मदिन मनाउन भन्दै बोलाएर बलात्कारमा गरेको आरोपमा ३ जना पक्राउ परेका छन् । १ जना १६ र २ जना १५ वर्षका बालिकालाई बलात्कार गरेर फरार भएको आरोपमा धादिङ घर भएर पोखरा महानगरपालिका–८ बस्ने १९ वर्षीय सन्दीप तामाङ, गुल्मी घर भएर पोखरा–१७ बस्ने १९ वर्षीय राहुल थापा र बागलुङको गलकोट घर भएर पोखरा–८ सिर्जनाचोक बस्दै आएका २५ वर्षीय अशोक दर्लामीलाई प्रहरीले पक्राउ गरेको हो । फरार भएका सन्दीप र राहुललाई प्रहरीले बागलुङ बजार र अशोकलाई काठेखोला गाउँपालिकाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका डीएसपी गंगाबहादुर थापाले जानकारी दिए । बालिकालाई पक्राउ परेकाहरुले नै जन्मदिन मनाउने भन्दै बोलाएको पाइएको प्रहरीले जनाएको छ । पीडित बालिकाको धौलागिरी अस्पताल बागलुङमा स्वास्थ्य परीक्षण गरिएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार