विदेशको शिक्षा र सीपलाई स्वदेशमै उपयोग गर्न प्रोत्साहित गर्छौं’

सोमबार, १५ जेठ २०८०
इटहरी । नेपालको परम्परागत शिक्षा प्रणाली, राजनीतिक अस्थिरता र यसले निम्त्याएको वितृष्णा, रोजगार अभाव, आर्थिक अवस्था, अवसरको कमी जस्ता विभिन्न कारणले नेपालीहरू विदेसिने क्रम बढ्दो छ । पछिल्लो समय उच्च शिक्षाका लागि कुनै विकसित मुलुक पुग्नु नै अधिकांश विद्यार्थीहरूको अन्तिम लक्ष हुने गरेको छ । नेपालको शिक्षा प्रणाली व्यावहारिक बन्न नसक्नु यसका प्रमुख कारणहरू मध्येको एक हो । उच्च शिक्षाका लागि बाहिर जान चाहने विद्यार्थीहरूले सही परामर्श प्राप्त गर्नबाट वञ्चित हुँदा विदेशमा अनेक समस्या झेल्नुपरेका उदाहरण प्रशस्तै छन् । उच्च शिक्षा हासिल गर्न जान चाहने विद्यार्थीहरूको अवस्था, उनीहरूलाई दिइने सही परामर्शजस्ता विषयमा हामीले रोयल एजुकेसन फाउन्डेसन इटहरीका मुख्य कार्यकारी अधिकृत ९सिइओ० सुनील भुसालसँग कुराकानी गरेका छौँ । नेपालको शिक्षा प्रणाली कस्तो छ ? नेपालको शिक्षा अझै पनि व्यावहारिक बन्न सकेको छैन । कुनै एउटा विद्यार्थी प्रमाणपत्रका अधारमा हेर्ने हो भने डिग्री पास गरिसकेको हुन्छ तर उसमा अध्ययन बाहेकको सीप केही हुँदैन । शिक्षा जहिले पनि व्यावहारिक हुनुपर्छ । अध्ययन गरेको कुरालाई व्यवहारमा लागू गर्ने अवस्था सिर्जना हुन आवश्यक छ । विकसित मुलुकका शिक्षा प्रणालीलाई नियाल्ने हो भने व्यावहारिक शिक्षालाई विभिन्न हिसाबले आधुनिकीकरण गर्दै आएको देखिन्छ तर हाम्रो देशको अवस्था अझै पनि परिवर्तन हुन सकेको छैन । परम्परागत प्रणालीको अन्त्य गर्दै व्यावहारिक शिक्षा हुनुपर्छ भन्ने मूल मन्त्र लिएर हामी सङ्घर्षरत छौँ । शिक्षा क्षेत्रमा तपाईँहरू के गर्दै हुनुहुन्छ ? विशेषगरी हामीले शिक्षा सबैका लागि, स्वदेशमा होस् वा विदेशमा भन्ने नारालाई आत्मसात् गर्दै नेपाली विद्यार्थी का लागि कलेज सञ्चालन गरेका छौँ । अध्ययनका लागि अन्य कुनै मुलुक जान चाहने विद्यार्थी का लागि पनि हामीले काम गरिरहेका छौँ । हाम्रो उद्देश्य भनेको नेपालबाट अध्ययनका लागि कुनै विकसित मुलुक जाने र त्यहाँ सिकेको सीपलाई नेपाल आएर लागू गर्न उत्प्रेरणा दिनु हो । म आफै पनि विदेशमा उच्च शिक्षा पूरा गरी फर्किएर त्यहाँ सिकेका कुराहरूलाई नेपालमा व्यावहारिक बनाउने प्रयास गरिरहेको छु । सोहीअनुसार हामीले रोयल एजुकेसन फाउन्डेसन इटहरी सञ्चालनमा ल्याएका हौँ । फाउन्डेसनबाट बाहिर उच्च शिक्षाका लागि जान चाहने विद्यार्थीलाई मध्यनजर गर्दै आइ इएल टिएस, पिटीइ लगायतका तयारी कक्षा सञ्चालन गर्दै आएका छौँ । उच्च शिक्षाका लागि विदेश जान चाहनेले रोयल एजुकेसन फाउन्डेसन नै किन रोज्ने ? उच्च शिक्षाका लागि बाहिर पठाउने काम अन्य विभिन्न संस्थाले पनि गरिरहेका छन् । तर हामी अरू भन्दा कुनै न कुनै हिसाबले फरक छौँ । हामी उच्च शिक्षाका लागि बाहिर जाने तयारी कक्षासँगै उच्च शिक्षा सकेर नेपाल फर्किएर यहीँ केही गर्नुपर्छ भनेर विद्यार्थीलाई प्रोत्साहित गर्छौँ । इटहरीकै उत्कृष्ट ल्याब भएका कारण पनि रोयल एजुकेसन फाउन्डेसन इटहरी विद्यार्थीको रोजाइमा पर्ने गरेको छ । त्यससँगै अन्तर्राष्ट्रिय स्तरका विशेषज्ञहरूद्वारा परामर्श सहितका कक्षाहरू सञ्चालन गर्दै आएका छौँ । उच्च शिक्षाका लागि विदेशिनुपर्ने अवस्था चाहिँ किन हो ? नेपालमा भएको शिक्षण प्रणाली, राजनीतिक वितृष्णा, रोजगारीको अवसर जस्ता विविध कारणले गर्दा पनि उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थी को संख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ । सयजना विद्यार्थीलाई राखेर सोध्ने हो भने ६० भन्दा धेरैको योजना नेपाल बस्ने हुँदैन । केहीमात्र हुन्छन् जो लोकसेवाको तयारी गर्छु भन्छन् । हामी भन्छौँ, बाहिर जानु नराम्रो होइन तर यो पनि भन्छौँ सबै बाहिर जानु पनि राम्रो होइन । शिक्षा तथा रोजगारका साथै कमाइका हिसाबले पनि बाहिर नै राम्रो हुने र नेपाल फर्किँदा पनि केही गर्छु भन्ने वातावरण सिर्जना हुन सक्ने भएकाले पनि विद्यार्थीहरूको पहिलो नजर नै उच्च शिक्षाका लागि अन्य विभिन्न मुलुकहरू पर्ने गरेका छन् । उच्च शिक्षा अध्ययनका लागि विद्यार्थीलाई रोयल एजुकेसन फाउन्डेसनमा सम्पर्क गर्ने माध्यम के हुनसक्छ ? लोकेसनका हिसाबले हामी पायक पर्ने स्थानमा छौं । इटहरीको मुख्य चोक नजिकै मामा मार्केटमा हाम्रो संस्था छ । विद्यार्थीहरूलाई सही परामर्श दिएर लक्ष र चाहना अनुसारको गन्तव्यमा पुर्याउन सहयोगी भूमिका निर्वाह गर्नु हाम्रो जिम्मेवारी हो । अहिलेको डिजिटल युगमा सामाजिक सञ्जालबाट टाढा कोही पनि रहन सक्दैन । सोहीअनुसार हामी फेसबुकदेखि वेबसाइटसम्म सबैमा उपलब्ध छौँ । सामाजिक सञ्जालमा हामीलाई खोज्दा सहजै भेट्न सकिन्छ ।                                                                                              प्रस्तुति-मनोज दाहाल

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार