अग्रज साहित्यकार रेग्मी र पत्रकार न्यौपाने पुरस्कृत

शनिबार, ०६ साउन २०८०
विराटनगर । अग्रज साहित्यकार सनत रेग्मी र पत्रकार अनन्तराज न्यौपाने दधिराज सुवेदी पुरस्कार प्रतिष्ठानबाट पुरस्कृत भएका छन् । दधिराज सुवेदी प्रतिष्ठानले रेग्मीलाई साहित्य र न्यौपानेलाई पत्रकारिता क्षेत्रमा योगदान गरेकामा पुरस्कृत गरेको हो । रेग्मीलाई ५१ हजार रुपैयाँ राशिको साहित्य पुरस्कार र न्यौपानेलाई २५ हजार रुपैयाँ राशिको राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गरिएको हो । संघीय सरकारका युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले पुरस्कार हस्तान्तण गरेका थिए । साहित्यकार सुवेदीका दुई भाइ छोराहरु शरदराज र रुपकराजले १५ लाख रुपैयाँको अक्षयकोष राखेर बुवाको नाममा पुरस्कार स्थापना गरेका हुन् । दधिराज साहित्य, संस्कृति क्षेत्रमा सक्रिय छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार