समयको चक्र

शनिबार, २० साउन २०८०
केशब आचार्य मान्छे जन्मन्छ अनि मात्र जात जन्मन्छ। टुसो नपलाइकन कहाँ पात जन्मन्छ! हाम्रो जन्मको स्वभाविक प्रकृया यो हो- टाउको जन्मेपछि मात्र हात जन्मन्छ। कसैले रोक्न सक्तैन समयको चक्र, रात ढलेपछि आफैं प्रभात जन्मन्छ। हामीले कालो चस्मा लाए- नलाए पनि, उज्यालो नअस्ताइ कहाँ रात जन्मन्छ। बात गर्न बोलीको मात्र भूमिका हुन्न, आँखाको इसारामा पनि बात जन्मन्छ। यत्ति बुझे हुँन्छ मान्छेले-शान्तिको लागि, घात नभइ कहाँ प्रतिघात जन्मन्छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार