सुनसरीमा हात्ती मृत अवस्थामा भेटिएको छ । सुनसरीको बराहक्षेत्र २ स्थित कौशिका सामुदायिक वन क्षेत्रभित्र एक हात्ती मृत अवस्थामा फेला परेको हो ।
सवडिभिजन वन कार्यालय नडाहाका रेन्जर लेखनाथ भण्डारीका अनुसार अन्दाजी ३०–४० वर्षको देखिने मत्ता हात्ती शुक्रबार बिहान ६ बजे मृत अवस्थामा भेटिएको हो ।
हात्ती दुर्गन्धित अवस्थामा फेला परेको उनले बताए । हात्ती भारतबाट आएको हो वा कोशीटप्पु वन्यजन्तु आरक्षबाट आएको हो भनेर एकीन गर्न बाँकी रहेको उनले बताए ।
कोशीटप्पु वन्यजन्तु आरक्षबाट विज्ञ टोली आएपछि पोस्टमार्टम गरिने वा सदगद गर्नेबारे प्रक्रिया सुरु हुने बताइएको छ ।
प्रतिक्रिया