मेरी आमा (कविता)

सोमबार, ११ भदौ २०८०
रिकेश निरौला मेरी आमा, मेरी आमा, प्राण प्रिय तिमी नै हौ मेरी आमा, तिमी नै हौ मेरो जन्मदाता,तिमी नै मेरो भगवान।। तिम्रै न्यानो काख मलाई स्वर्गभन्दा प्यारो लाग्छ, अप्सराहरुको गीतभन्दा तिम्रै लोरी प्यारो लाग्छ।। तिमी छौ र पो त आज म छु नि, आज म जहाँ छु,जस्तो छु सबै तिम्रै देन त हो नि।। माया तिमीले दियौ र पो जिन्दगी मेरो छ, आँशु तिमीले पियौ र पो जिन्दगी मेरो छ, तिम्रै काखमा फेरि लुटुपुटु हुन मन छ।। कोखाई कोखाई गर्दै फेरि लिटो भात खान मन छ, संसारको लागि तिमी एक मानव मात्र हौ, तर मेरो लागि सारा संसार तिमी नै त हौ।। मलाई दुख्दा तिमी लाई नै हुन्छ असय धेरै पीडा, हरेक चोटको दुख मेटाउने छाना तिमी नै त हौ मेरी आमा।। स्वस्थ रहोस् तिम्रो शरीर सधैँ सधैँ भरी, तिम्रै माया पाउँ मेरी आमा सधैँ सधैँ यसैगरी।।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार