गण्डकीका प्रदेश सभा सदस्यहरुको शपथ ग्रहण आज, ज्यस्ठ सदस्य मित्रलाल बस्यालले शपथ ग्रहण गराउने

विहीबार, १४ पुस २०७९
गण्डकीका प्रदेश सभा सदस्यहरुले आज पद तथा गोपनीयताको शपथ ग्रहण गराईदै छ । शपथ ग्रहण दिउँसो १ बजे हुनेछ । प्रदेश सभाका ज्येष्ठ सदस्य मित्रलाल बस्यालले शपथ ग्रहण गराउने कार्यक्रम रहेको बताइएको छ । नेकपा एमालेका ६५ वर्षीय बस्याल पर्वतको प्रदेश सभा २ बाट निर्वाचित भएका थिए । उनलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले बुधबारै शपथ ग्रहण गराइसकेका छन्  । ६० सदस्यीय प्रदेश सभामा कांग्रेसको २७, नेकपा एमालेको २२, नेकपा माओवादी केन्द्रको ८, राप्रपाको २ र एकीकृत समाजवादीको एक सिट छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार