प्रदेश १ को कांग्रेस संसदीय दलको नेताका लागि अर्याल,थापा र कार्कीको उम्मेदवारी

विहीबार, १४ पुस २०७९
नेपाली कांग्रेस प्रदेश १ संसदीय दलको नेतामा तीन जनाको उम्मेदवारी परेको छ । संसदीय दलको नेतामा संस्थापन पक्षबाट २ र संस्थापन इतर पक्षबाट एक जनाको उम्मेदवारी परेको बताइएको छ । निर्वाचन समिति संयोजक रमेशजंग रायमाझीका अनुसार दलको नेतामा केन्द्रीय सदस्य अमृत अर्याल, प्रदेश १ सभापति उद्वव थापा र केदार कार्कीको उम्मेदवारी परेको छ। अर्याल सभापति शेरबहादुर देउवा प्यानलका हुन् । थापा कृष्णप्रसाद सिटौला र कार्की डाक्टर शेखर कोइराला पक्षका हुन् । दलको नेता छान्न भोलि शुक्रबार निर्वाचन हुँदैछ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार