सुनसरीमा लम्पी स्किन नियन्त्रणमा

बुधबार, ०१ कार्तिक २०८०
खेमराज सापकोटा, इटहरी । पशुमा महामारीका रूपमा देखिएको लम्पी स्किन  रोग सुनसरीमा नियन्त्रणमा आएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सुनसरीका अनुसार महामारी नियन्त्रणमा आएको हो । कार्यालयका प्रमुख कुमार सिंह खत्रीका अनुसार जिल्लाको वराहक्षेत्रमा ५ वटा बस्तुमा बाहेक जिल्ला भरी संकक्रमीत पशुको सङ्ख्या शून्यमा झरेको हो । ‘महामारी नियन्त्रणको अवस्थामा पुगेको हो । उनले प्रदेश खबरसँग भने, हामीले खोपको माध्यम तथा पशुपालकहरुलाई काउन्सिल गरेर महामारी नियन्त्रणको अवस्थामा पुर्याउन सफल भयौं ।’ महामारी निर्मूल भने नभएको बताउँदै उनले खोपले नियन्त्रणमा मात्रै आएकाले कृषकलाई सचेत रहन आग्रह समेत गरेका छन् । लम्की स्क्रिन रोगकै भनेर भ्याक्सिन बनिनसकेको बताउँदै उनले जिल्लामा रोकथामको प्रयास भने सफल भएको सुनाएका हुन् । जिल्लाभर महामारी नियन्त्रणका लागि २१ हजार ३ सय २५ खोप लगाइएको कार्यालयले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख गरिएको छ । २५ हजार ५१ पशुमा यो रोगको सङ्क्रमण देखा पर्दा ४ सय ८४ को मृत्यु भएको छ । त्यसमा सबैभन्दा बढी गढी गाउँपालिकामा ८६ पशुको मृत्यु भएको उल्लेख गरिएको छ । धरान उपमहानगरपालिकामा ३५, इटहरीमा ६३, दुहवी नगरपालिकामा २६, वराहक्षेत्रमा २९, रामधुनीमा ४३, देवानगञ्ज गाउँपालिकामा १७, हरिनगरमा ३७ पशु मरेका छन् । यसै गरी भोक्राहमा ३७, बर्जुमा ४४, बर्जुमा ६७ पशुको मृत्यु भएको कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार