सुनसरी १ मा लोकतान्त्रिक बाम गठबन्धनका मुक्सहाङ्ग मेन्याङ्बोले लिए अग्रता

मंगलबार, ०६ मंसिर २०७९
सुनसरी क्षेत्र नम्बर १ मा लोकतान्त्रिक बाम गठबन्धनका मुक्सहाङ्ग मेन्याङ्बोले अग्रता लिएका छन् । मेन्याङ्बोले १ हजार २२२ मत ल्याउँदा जनता समाजवादीका अशोक राईले १ हजार १२२ मत पाएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार अशोककुमार राईले १ हजार ४ मत ल्याएका छन् । एमालेबाट टिकट नपाएपछि बागी उमेद्धारी दिएकन मनोज कुमार मेन्याङ्बोले १ हजार ९१ मत ल्याएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टी चिन्हका उम्मेदवार गोमा तामाङले १ हजार ९० मत प्राप्त गरेकी छन् । मत गणना कार्य धरान स्थित सभागृहमा जारी छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार