प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

शनिबार, ३० पुस २०७९
प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको वार्तामा सरकार विस्तार र सभामुख निर्वाचनको विषयमा छलफल भएको बालुवाटार स्रोतले जानकारी दिएको छ । दुई नेताबीच प्रदेश सरकारलाई पूर्णता दिने विषयमा पनि छलफल भएको बताइएको छ । प्रमुख सत्ता साझेदार दलहरुबीच भागबन्डामा सहमति जुट्न नसक्दा मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । यता सभामुख र राष्ट्रपति पदका लागि नेपाली कांग्रेसले पनि दाबी गरिरहेको छ । दुई नेता बिछ उक्त बिषयमा पनि छलफल भएको श्रोतको दावी छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार