दुर्घटनाग्रस्त जहाजमा लागेको आगो निभ्यो,भेटिएनन् जीवित मानिस

आइतबार, ०१ माघ २०७९
पोखरामा यती एयरलाइन्सको जहाज दुर्घटनाग्रस्त हुँदा लागेको आगो नियन्त्रणमा आएको छ। आइतबार बिहान काठमाडौंबाट उडेको एटिआर ७२ विमान पोखरा महानगरपालिका-१५ नयाँ गाउँस्थित सेती नदीको खोँचमा दुर्घटना भएको थियो । दुर्घटनापछि जहाजमा ठुलो आगो लागेको थियो । सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए। अहिलेसम्म ३५ जनाको शव फेला परेको उनको भनाई छ । ती शवलाई गण्डकी अस्पतालमा लगिएको छ।  तर, अहिलेसम्म कोही पनि जीवित भेटिएका छैनन्। जहाजमा ६८ जना यात्रु र चालक दलका चार जना सदस्य सवार थिए । 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार