प्रतिनिधि सभामा माओवादीले खोल्यो खाता, सिन्धुलीबाट राजन दाहाल विजयी

बुधबार, ०७ मंसिर २०७९
नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभामा सिन्धुलीबाट खाता खोलेको छ । सिन्धुली निर्वाचन क्षेत्र नम्बर २ बाट माओवादीका लेखनाथ दाहाल ‘राजन’ विजयी भएका छन् । माओवादीका दाहालले २७ हजार ५१७ मत ल्याएर विजयी भए भने उनका प्रतिस्पर्धी एमालेका मनोजजंग थापाले २१ हजार ६८७ मत ल्याए । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका अनोजकुमार दाहालले १५५३, राप्रपाका भिष्मराज श्रेष्ठले १३४० मत ल्याएका छन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार