पक्राउ परेका महरा नर्भिक अस्पतालमा भर्ना

मंगलबार, ०६ चैत्र २०८०
काठमाडौँ / सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा नर्भिक अस्पताल भर्ना भएका छन् । काठमाडौँ जिल्ला अदालतले उनलाई स्वास्थ्यको कारण हिरासतको अवधिभर अस्पतालमा बस्न पाउने आदेश दिए पछि महरालाई अस्पताले भर्ना भएका हुन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले महरालाई सोमवार कपिलवस्तुबाट पक्राउ गरेर थियो । प्रहरीले महरालाई सोमवार नै काठमाडौँ ल्याई हिरासतमा राख्ने अनुमतिका लागि अदालत पेस गरेको थियो । काठमाडौँ जिल्ला अदालतले महरालाई अनुसन्धाका लागि ४ दिन थुनामा राख्न अनुमति दिएको छ ।    

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार