केशव खतिवडाविश्वयुद्ध पछि विश्वका अधिकांश औपनिवेशिक मुलुकहरुले स्वतन्त्रता प्राप्त गरे। सामन्तवादको नाइकेको रूपमा रहेको राजतन्त्रको समेत अन्त्य भयो । संयुक्त राष्ट्रसङ्घको स्थापना सँगै विश्व शान्तिको शंखघोष भयो । प्रजातन्त्र ,आधारभूत मानवअधिकार ,आवधिक निर्वाचन,कानुनी राज्य ,स्वतन्त्र न्यायपालिका ,शक्ति पृथकिकरण र सन्तुलन, परस्पर सार्वभौमिकताको सम्मान जस्ता विषयहरूले संवैधानिक मान्यता प्राप्त गरे। समयको यही कालखण्डको वरिपरि साम्राज्यवाद विरोधी आन्दोलनको मोर्चामा होस या सामन्तवादी राजतन्त्रको अन्त्यको लागि भएको युद्ध मोर्चामा होस उत्पीडित र शोषित वर्ग लाई समाजवाद र साम्यवादको सुन्दर सपना देखाएर कम्युनिष्ट पार्टीहरूको स्थापना हुन थाल्यो । समाजवादी क्रान्ति सम्पन्न गरी सर्वहारावर्गको राज्यसत्ता स्थापना गर्ने भन्ने उद्देश्यका साथ सोभियत समाजवादी रुसको सैनिक, बैचारक र आर्थिक सहयोगमा विशेष गरी पूर्वी युरोपका धेरै मुलुकहरूमा कम्युनिष्ट शासनको स्थापना भयो। सन, १९४९ मा चीनमा पनि माओत्से तुङ्गको नेतृत्वमा नौलो जनवादि क्रान्ति सम्पन्न भयो। यही विश्व परिवेश बाट प्रभावित भएर नेपालमा पनि २००६ सालमा पुष्प लालको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भयो। जसको उद्देश्य चीनमा जस्तै नौलो जनवादि क्रान्ति सम्पन्न गर्दै क्रमशः समाजवाद र साम्यवादको स्थापना गर्नु रहेको थियो। २०१० साल माघ १७ गते ललितपुरमा सम्पन्न भएको नेकपाको पहिलो महाधिवेशनबाट मनमोहन अधिकारी महासचिव निर्वाचित भए । राजनीतिक संक्रमणकाल भएको हुदां पार्टी सुषुप्त अवस्थामा थियो । २०१४ सालको दोस्रो महाधिवेशनमा नीति पुष्पलालको पारित भयो भने महासचिव डा. केशरजङ्ग रायमाझि निर्वाचित भए । यही विन्दु बाट नेपालको कम्युनिष्ट आन्दोलनमा विसंगति सुरु भयो । २०१७ सालमा राजा महेन्द्र ले कु गरेसङै रायमाझीले राजाको प्रगतिशील कदम भनी पञ्चायत लाई समर्थन गरे । २०१९ सालमा सम्पन्न भएको तेस्रो महाधिवेशन बाट तुलसी लाल अमात्य महासचिव निर्वाचित भए सँगै पार्टीमा विभाजन सुरु भयो । त्यस पछि पार्टी चार वटा समूहमा विभाजित भयो। रायमाझी समूह, अमात्य समूह, पुष्पलाल समूह र मनमोहन अधिकारीको पूर्व कोशि प्रान्तीय समूह। रायमाझी र अमात्य समूह ख्रुश्चोव कालिन रुसी क्रान्तिका पक्षधर थिए भने पुष्पलाल र मनमोहन समूह चिनियाँ क्रान्तिका पक्षधर थिए। त्यसपछि मार्क्सवाद ,लेनिनवाद ,माओवाद वा विचारधारा, अमेरिका ,भारत, चिन, रुसलाई हेर्ने दृष्टिकोणको वा नेपाली क्रान्तिको स्वरूप निर्धारण,नेपाली समाजको चरित्र ,आफू मात्र सच्चा कम्युनिष्ट अरू सबै संसोधनवादि भएको आरोप प्रत्यारोप गर्दै दर्जन भन्दा बढी समूहमा विभाजित हुन पुगे। आरोप प्रत्यारोप, शब्दजाल, एकता र विभाजन कम्युनिष्ट हरूको सामान्य चरित्र र विशेषता बन्न पुग्यो। तर दुरदृष्टि र समाज रूपान्तरणको खाका भने कुनै समूह सँग थिएन र आज सम्म पनि कुनै सँग छैन। सन् ,१९७० को दशक देखि पूर्वी युरोप का मुलुकहरूमा कम्युनिष्ट शासन धमाधम ढल्न थाले। विश्वव्यापि रूपमा चलेको प्रजातन्त्र र आर्थिक उदारीकरणको लहरको सामु कम्युनिष्ट शासन लगातार पराजित हुँदै गए। कम्युनिष्ट शासन माथिको चोटिलो प्रहार एक दलीय तानाशाहि व्यवस्था र निजी सम्पत्तिको राष्ट्रियकरण भन्ने थियो। यस आलेखमा तुलनात्मक रूपमा ठुला र देशको प्रधानमन्त्री सम्म भएका नेकपा (एमाले) नेकपा (माओवादी केन्द्र) र नेकपा एकीकृत (समाजवादी) को बारेमा चर्चा गरिएको छ। नेकपा एमाले सन १९९० को दशकमा वा २०४६ सालमा नेपालमा पञ्चायती व्यवस्थाको विरुद्ध सात वाम घटक सम्मिलित संयुक्त वाम मोर्चा, नेपाली काङ्ग्रेस र नागरिक समाज मिलेर गरेको संयुक्त जनआन्दोलनले प्रजातन्त्रको पुनर्स्थापना गरे सँगै २०४७ साल पौष ११ गते नेकपा मार्क्सवादी र नेकपा माले को बिचमा पार्टी एकीकरण भई सब भन्दा ठुलो कम्युनिष्ट पार्टीको रूपमा नेकपा एमाले बन्यो । विश्वमा प्रजातन्त्र ,उदारवाद तथा विश्वव्यापीकरणको तीव्र लहर चलेको र कम्युनिष्टहरू लाई एक दलिय तानासाहीको आरोप लागेको अनि पूर्वी युरोपमा कम्युनिष्ट शासन ढलिरहेको बेलामा २०४९ साल माघमा सम्पन्न भएको नेकपा एमालेको पांचौ महाधिवेशनमा तत्कालीन महासचिव मदन कुमार भण्डारी ले तत्कालीन विश्व परिवेश र कम्युनिष्ट हरू माथि लागेको एक दलीयताको आरोप बाट नेपालको कम्युनिष्ट आन्दोलन लाई मुक्त गराउनको लागि चौध विशेषता सहितको जनताको बहुदलीय जनवादको कार्यक्रम नेपाली क्रान्तिको मौलिक सिद्धान्त भन्दै पारित गराएर। जसका चौध विशेषता हरू यस प्रकार रहेका छन्। १ संविधानको सर्वोच्चता २ बहुदलीय खुला समाज ३ शक्ति पृथकिकरणको सिद्धान्त ४ मानव अधिकारको रक्षा ५ बहुदलीय प्रतिस्पर्धात्मक प्रणाली ६ आवधिक निर्वाचन ७ बहुमतको सरकार अल्पमतको विपक्ष ८ कानुनको शासन ९ जनताको जनवादि व्यवस्थाको सुदृढीकरण १० विदेशी पुँजी र प्रविधि ११ क्षति पूर्ति १२ विदेश नीति १३ नेतृत्व र अधिनायकत्व १४ जनताको बहुदलीय जनवाद। यति भए पछि अरू जड चिन्तन र शव्द जालको खेती गर्दै आएका अरू कम्युनिष्ट पार्टीहरू ले संसोधनवादि, आत्मासमर्पण वादि, दक्षिणपन्थी, सार संग्रहवादि जस्ता आरोप कुनै कसर बाँकी नराखी लगाए। एउटै पार्टीका नेता झालनाथ खनालले समेत अब पार्टी दक्ष प्रजापति जस्तो भयो भनेको अस्ति जस्तो लाग्छ। निर्वाचनमा एमालेले जनताको विश्वास निक्कै राम्ररी जित्यो। सुरुको आमनिर्वाचनमा प्रमुख प्रतिपक्ष दल बन्यो भने मध्यावधि निर्वाचनमा सब भन्दा ठुलो दलको हैसियतले सरकारको नेतृत्व गर्न पुग्यो। पछिल्ला निर्वाचनहरु बाट कहिले संयुक्त सरकारको नेतृत्व गर्यो भने कहिले झन्डै दुई तिहाइ बहुमतको सरकार को समेत नेतृत्व गर्यो। पार्टीको तर्फबाट मनमोहन अधिकारी, माधव कुमार नेपाल, झालनाथ खनाल र के पी ओली गरी चार जना प्रधानमन्त्री समेत बन्न सफल भए। तर जनताको बहुदलीय जनवाद पार्टीको दस्ताबेज भन्दा बाहेक देश र जनताको कार्यक्रम बन्न सकेन।केवल जनता झुकाउने शब्दजालमा सीमित रह्यो। पार्टी र सरकार अनियन्त्रित उदारवादको दलदलको साथै क्रमस भ्रष्टाचार, गुटबन्दी, प्रतिशोध ,पूर्वाग्रह जस्ता विकृतिहरू मा फस्दै गयो। माओवादिसंग गरिएको एकता पश्चात् झन्डै दुई तिहाइ बहुमतको सरकारको नेतृत्व गरेका प्रधानमन्त्री के पी ओली को अमत्याईको कारण संसद् विधान गरे पश्चात् एकातर्फ जनभावना माथि कुठाराघात भयो भने अर्कातर्फ कम्युनिष्टहरुको शब्दजाल मात्र रहेछ भन्ने प्रमाणित हुनुको साथै पार्टी समेत तिन टुक्रामा विभाजित हुन पुग्यो। मदन भण्डारीको राजनीतिमा स्थायी शत्रु र मित्र हुँदैन भन्ने चरम अवसरवादी भाष्य लाई प्रयोग गर्दै परस्पर विरोधी गठबन्धनमा सता साझेदार बन्दै आएको छ। देश र जनताका समस्याहरू प्रति भने बाल मतलब रहेको देखिन्छ। नेकपा (माओवादी केन्द्र ) चौम समूह, नेकपा (मशाल) एकीकृत नेकपा (माओवादी) नेकपा (एकता केन्द्र) हुँदै २०५१ साल फाल्गुणमा बसेको तेस्रो विस्तारित बैठक ले नेकपा (एकता केन्द्र) को नाम परिवर्तन गरी नेकपा (माओवादी) राख्यो। यहाँ सम्मको यात्रामा पार्टीले धेरै उतार चढाव विभाजन र एकताको शृङ्खला पार गर्यो। सोही बैठकले नयाँ जनवादि क्रान्तिको राजनीतिक तथा फौजी कार्यदिशा पारित गर्यो। केहि समयको तयारी पश्चात् २०५२ साल फाल्गुण १ गते देखि आधार इलाका निर्माणको महान् दिशामा अधि बढौँ भन्ने मुलनाराका साथ प्रतिक्रियावादी राज्यसत्ता लाई ध्वस्त गर्दै नयाँ जनवादि राज्यसत्ता स्थापना गर्ने उद्देश्यका साथ सशस्त्र जनयुद्धको थालनी गर्यो। २०५७ सालमा सम्पन्न भएको दोस्रो राष्ट्रिय सम्मेलनले मालेमावादको विकसित नेपाली संस्करण भनी प्रचण्ड पथको घोषणा गर्यो। प्रचण्डलाई नयाँ प्राधिकार बनायो ।२०५८ सालमा भएको दरबार हत्याकाण्ड पछि परम्परागत राजतन्त्रको अन्त्य भएको घोषणा गर्दै गणतन्त्रको नारा अधि सार्यो। परिवर्तित राजनीतिक परिस्थितिको मूल्याङ्कन र चुनवाङ्ग बैठकको निष्कर्ष नाममा २०६२ साल मङ्सिर ७ गते सात संसदवादि दलहरू सँग १२ बुँदे समझदारी गरी निरङ्कुश राजतन्त्रको विरुद्ध सशक्त जनआन्दोलनमा होमियो। २०६२ साल चैत्र २४ बाट सुरु भएको जनआन्दोलनको बलमा २०६३ वैशाख ११ गते संसद् पुन स्थापना भयो । २०६४ साल चैत्र २८ गते संविधान सभाको निर्वाचन सम्पन्न भयो । २०६५ साल ज्येष्ठ १५ गते बसेको संविधान सभाको पहिलो बैठकले राजतन्त्रको अन्त्य र लोकतान्त्रिक गणतन्त्र नेपालको घोषणा गर्यो। २०६६ साल साउन ३२ गते प्रचण्ड गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री निर्वाचित भए।त्यस समयमा उच्च बौद्धिक नेताको रूपमा हेरिएका डा बाबुराम भट्टराई पनि माओवादी पार्टीको तर्फबाट प्रधानमन्त्री भए। २०७५ साल ज्येष्ठ ३ गते नेकपा एमाले सँग पार्टी एकीकरण भयो । २०७७ साल फागुन २४ गते सर्वोच्च अदालतको फैसलाद्वारा दुई पार्टी पुन छुट्टिन पुगे। यस, बिचमा माओवादी केन्द्रले मालेमावाद, प्रचण्ड पथ, एकाईशौ शताब्दीको जनवाद ,जनताको बहुदलीय जनवाद जस्ता शब्द जालको वरिपरि जनता लाई दिग्भ्रमित तुल्याउँदै आयो। माले वाद सन १९७० को दशकमा असफल भई सकेको सिद्धान्त हो ।माओवाद चीनमा नै असफल भई देङ्गसाओ पिङ्ग ले चिनलाई सुधारको बाटोमा अगाडि बढाएका थिए। प्रचण्ड पथ र एकाईशौ शताब्दीको जनवाद को कुनै राजनीतिक व्याख्या र खाका छैन। परिणामस्वरुप माओवादी प्रति जनविश्वास घटदै गयो । गत निर्वाचनमा ३२ सिटमा सीमित हुन पुग्यो। अस्थिरता परिवादवाद र सता लिप्सा प्रचण्डको विशेषता बनेको छ। नेकपा (एकीकृत समाजवादी) नेकपा एमाले बाट विभाजित भई माधव नेपालको अध्यक्षतामा २०७८ साल भदौ ९ गते निर्वाचन आयोगमा दर्ता भयो । हालको कमजोर नैतिक धरातलमा गठन भएको गठबन्धन सरकारमा सामेल छ। शब्द जालको खेती गर्न यो पार्टी पनि अन्य कम्युनिष्ट पार्टी भन्दा कम छैन। किनकि स्कुलिङ ,चिन्तन, प्रवृत्ति एउटै हो । अझ एमाले सँग त भारुण्डि चरा जस्तै हो। अझ गत माघ १४ र १५ गते विधान संशोधन गर्नको लागि काठमाण्डौमा सम्पन्न भएको राष्ट्रिय सम्मेलनको समापन मन्तव्यमा एमालेको पार्टी अध्यक्ष र देशको प्रधानमन्त्री भइसकेका माधव नेपाल र झालनाथ खनालको भनाई सुनेर हाँस्न लायक थियो। अध्यक्ष नेपाल असान्दर्भिक भैसकेको जनताको बहुदलीय जनवादको वकालत गर्दै थिए भने वरिष्ठ नेता झालनाथ खनाल जबको विरोध गर्दै संसारबाट अस्वीकृत हुँदै गएको अमूर्त समाजवादको वकालत गर्दै थिए,त्यो पनि एउटै मञ्चबाट । शब्द, शैली, चिन्तन ,पृष्ठभूमि, संस्कार, संस्कृति सबै एउटै छ। अनि यो नाटक तथा प्रहसन केका लागि। यो जनता झुकाउने शब्दजाल रुपी रूपक सिवाय केही थिएन। यसरी स्थापना काल देखि नै नेपालको कम्युनिष्ट आन्दोलन धोका ,गुट र फुट बाट एकातर्फ प्रताडित छ भने अर्कातर्फ शब्द जालको गोल चक्कर बाट मुक्त हुन सकेको छैन। शब्द जालको कष्टडि भित्र बन्दि जीवन बिताइ रहेको छ। समाज विकासको गति सँगै अधि बढ्न सकेको छैन।त्यसको प्रमुख कारण हो १७५ वर्ष पुरानो मार्क्सवादी चिन्तनलाई जप्नु, लेनिनवादको ऐजेरु बाट मुक्त हुन नसक्नु र मार्क्सवादको सिर्जनात्मक विकास पनि गर्न नसक्नु नै हो। सिद्धान्तको हिसाब ले मार्क्सवाद आजको युगमा रिफरेन्स सिवाय केही हुन सक्दैन। यदि मार्क्सवादको सिर्जनात्मक विकास गर्न नसक्ने हो भने जनता लाई साम्यवादको सुन्दर सपना देखाएर प्राप्त गरेको जनमतले हासिल गरेको सरकारी हैसियतले समाज विकासको अग्रगामी गति लाई अवरुद्ध गर्ने, जबको नाममा नेपाली समाजलाई तिस वर्ष पछाडि र शास्त्रीय समाजवादको नाममा १७५ वर्ष पछाडि धकेल्न खोज्ने दुस्साहस र पश्चगामी हर्कत सिवाय केही हुन सक्दैन। जसले अन्ततः लैजाने शब्द जालको कष्टडि मा नै हो। नत्र २०४७ साल पछि हाल सम्म कम्युनिष्ट पार्टीको तर्फबाट छ जना मुलुकको प्रधानमन्त्री भई सक्दा पनि उनीहरूले जप्ने गरेको समाजवादको खाका वा कार्यक्रम किन आउन सकेन ? हुदांहुदां वर्तमान संविधानको प्रस्तावना मा नै समाजवाद उन्मुख अर्थव्यवस्था सहितको सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल उल्लेख गरेर शब्दजाललाई संवैधानिक मान्यता प्रदान गरियो। अर्कातर्फ यो चिन्तन अतिवादको पराकाष्ठा पनि हो । बहुआयमिक र गतिशील समाज र चिन्तनलाई परम्परागत शास्त्रीय चिन्तन बाट मात्र बुझ्ने,ग्लोवलाइजेशन, डिग्लोवलाइजेशन तथा ए आइ को युगमा कथित वर्गसंघर्ष र सर्वहारा वर्गको अधिनायकत्व स्थापना गर्ने नाम सत्तामा पुग्ने र समाज लाई विभाजित बनाउने, अमेरिका र भारतले नेपाल माथि कहिल्यै युद्ध गरेनन् तर अमेरिकालाई सधैँ साम्राज्यवाद र भारत लाई विस्तारवाद को ट्याग लगाई रहने ,एम सी सी को व्यापक विरोध गर्ने अनि नाटकीय ढङ्गले पारित गर्ने ,बि आर आई को बारेमा खासै चर्चा गर्न नचाहने जस्ता प्रवृत्तिले भूराजनीतिक यथार्थता लाई अभिशापको रूपमा मात्र देख्ने सन्तुलित परराष्ट्र नीति मार्फत यस लाई अवसरको रूपमा परिणत गर्न नसक्ने जस्ता परम्परागत र अतिवादी चिन्तनले मुलुकको अन्तर्राष्ट्रिय विश्वसनीयता र छविमा समेत ह्रास आउँदै गएको छ। हुन त अतिवादी विश्व कम्युनिष्ट आन्दोलन सँगै हुर्किएको एउटा प्रवृत्ति हो ।रुसी क्रान्तिका लालशेनाका कमान्डर तथा बौद्धिक नेता ट्रटस्कि लाई स्टालिन ले देश निकाला गर्नु र पछि विदेशमा हत्या गर्नु । ल्युसाओचिले माओको शासन कालमा जेलमा मृत्यु वरण गर्नु । नेकपाका स्थापक नेता पुष्पलाल कहिल्यै निर्वाचित महासचिव बन्न नसक्नु। बरु गद्दार पुष्पलाल र काङ्गेसको पुच्छर को पदवि आफ्नै सहकर्मी बाट पाउनु । माओवादले जनयुद्धको समयमा बौद्धिक नेता को छवि बनाएका डा बाबुराम भट्टराई लाई कथित श्रम शसिविरमा बन्दि बनाउनु कम्युनिष्टहरुको अतिवादी सिवाय केही थिएन ।
प्रतिक्रिया