आज तराई तथा मधेशमा होली पर्व मनाइँदै

सोमबार, १२ चैत्र २०८०
इटहरी । देशको तराई-मधेस क्षेत्रमा आज होली पर्व मनाइँदैछ । पहाडी क्षेत्रमा फागुन शुक्ल पूर्णिमाका दिन मनाइने होली पर्व तराई-मधेसमा भने प्रतिपदाका दिन मनाउने चलन छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश बोकेको फागु पर्व परम्परागत रूपमा विभिन्न रङ खेली मनाउने प्राचिन परम्परा रहेको छ । शक्तिको दुरुपयोग गर्ने प्रवृतिकी प्रतिक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली (फागु) खेल्ने परम्परा चलेको विश्वास गरिन्छ । आइतबार काठमाडौं उपत्यकासहित देशका पहाडी भू-भागमा उत्साह र उमङ्गका साथ होली मनाइयो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार