सुनकोशीमा बेपत्ता तीन बालबालिकाकै शव भेटियो

बुधबार, १४ चैत्र २०८०
उदयपुर- उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १४ धाप्लाङ्गस्थित सुनकोसी नदीमा हराइरहेका तीन जना बालबालिकाकै शव भेटिएको छ। आइतबार होली खेलेर कोसीमा नुहाउने क्रममा बेपत्ता भएका १२ वर्षीय लोकबहादुर मगर, रेखा मगर र नौ वर्षीय रिदम मगरको शव भेटिएको प्रहरीले जनाएको छ । मङ्गलवार साँझ रिदम र बुधवार लोकबहादुर र रेखाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख हरिनन्दन चौधरीले बताए । साउने स्थित माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत रेखा, कक्षा ४ मा अध्ययनरत रिदम र कक्षा ५ मा अध्ययनरत लोकबहादुर होली खेलेर नुहाउन गएको अवस्थामा आइतबार दिउँसो ३ बजे सुनकोसी नदीमा डुबेर बेपत्ता भएका थिए । ३ जना बालबालिका हराएपछि सशस्त्र प्रहरी कार्यालय पकलीबाट गएको ११ जना गोताखोरको टोलीले सुनकोसी नदीमा खोजतलास गरेको पनि भेटाएको थिएन । रेखा मगर र लोकबहादुर मगरको शव उनीहरू हराएको स्थानभन्दा करिब चार किलोमिटर तल  भेटिएको हो। बालबालिका बेपत्ता भएको स्थानदेखि करिब दुई किलोमिटर तल रिदमको शव बग्दै गरेको अवस्थामा त्रियुगा नगरपालिकाका नगर प्रमुख वसन्त बस्नेतसहितको टोलीले साँझ फेला पारेको हो।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार