सामान्य बादबिबादले उग्र रुप लियो, श्रीमानद्वारा सिकल प्रहार गरि श्रीमतीको हत्या

मंगलबार, २० चैत्र २०८०

तेह्रथुम – तेह्रथुमको म्याङ्लुङ नगरपालिका–६ मा श्रीमतीको हत्या अभियोगमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा ४६ बर्षीय दिपक लिम्वु रहेका छन् ।

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका अनुसार लिम्वुले घरायसी वादविवादका क्रममा ५४ बर्षीया श्रीमती सुवास कुमारी लिम्वुलाई सिकल प्रहार गर्दा उनको घटना स्थलमै मृत्यु भएको हो ।

सोमबार साँझ पौने ७ बजे घटना भएको र घटना लगत्तै प्रहरीले श्रीमती हत्याको अभियोगमा लिम्बूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी नायव उपरीक्षक रन्जन कुमार दाहालले जानकारी दिए ।

घटनाका बिषयमा थप अनुसन्धान भईरहेको र मृतकको शबलाई आवस्यक कानूनी प्रकृया पुरा गरि पोष्टमार्टमका लागि पठाईएको प्रहरी नायव उपरीक्षक लिम्वुले जानकारी दिएका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार