झापामा एक्लै बस्दै आएकी अधिकारी घरकै बलेसीमा मृत फेला

बुधबार, २१ चैत्र २०८०
झापा — झापाको कमल गाउँपालिकामा बलेसीमा एक महिला मृत अवस्थामा फेला परेकी छन् । कमल गाउँपालिका २ बस्ने ७८ वर्षीया कमलादेवी अधिकारी आज बिहान साढे ५ बजेतिर बलेसीमा लडिरहेको देखेपछि आफन्तले गएर हेर्दा उनी मृत अवस्थामा रहेको पाएपछि प्रहरीलाई खबर गरेका थिए । घरमा एक्लै बस्दै आएकी अधिकारी प्रेसरको विरामी भएको बताइएको छ । घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार