इलाममा सेनिटरी प्याड उद्योग सञ्चालन

बुधबार, २१ चैत्र २०८०
इलाम /  महिलाहरूलाई रोजगारी सिर्जना गर्दै स्थानीय आवश्यकतालाई परिपूर्ति गर्ने उद्देश्यले इलाममा सेटिटरी प्याड उद्योग स्थापना गरिएको छ । इलाम नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित उद्योगको बुधवार आयोजित एक कार्यक्रमबिच इलाम नगरपालिकाका प्रमुख केदार थापाले उद्घाटन गरे ।
 नारी शक्ति नेपालले सञ्चालन गरेको उद्योगबाट दैनिक तीन सय प्याकेट प्याड उत्पादन हुने गरेको छ । उद्योगकालागि नगरपालिकाले ३ लाख २० हजार रुपैयाँ अनुदान दिएको छ ।
कूल २५ लाख रुपैयाँ लगानी भएको उद्योगमा १० लाख रुपैयाँ लोन र बाँकी संस्थाको लगानी रहेको सचिव खिना बस्नेतले जानकारी दिइन् ।
 हाल व्रान्डिङ, प्याकेजिङ, लेवलिङ भइरहेको उद्योगमा बजारको अवस्था हेरेर उत्पादनका सबै काम गरिने उनले बताइन् । उद्योगमा अहिले २ जना महिला कार्यरत छन् ।
 संस्थाकी अध्यक्ष वविता लिङदमको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा उपमेयर विष्णु दाहाल, वडाध्यक्षहरू नुतनदेव दुलाल, नरेश श्रेष्ठ, गायत्रीराम बस्नेत, पत्रकार महासङ्घका अध्यक्ष विप्लव भट्टराई, औषधी व्यवसायी सङ्घका अध्यक्ष वासु घिमिरे, महिला सशक्तीकरणकी अध्यक्ष ज्योतीमाला प्रधान लगायतले उद्योग निरन्तरताका कामना गरेका थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार