गायिका एलिना चौहानको आज विवाह हुँदै

बुधबार, ०५ बैशाख २०८१
बिर्तामोड । चर्चित गायिका एलिना चौहानको आज विवाह हुदैँछ । हाल अस्ट्रेलियामा बस्दै आइरहेका प्रेमी विष्णु सापकोटासँग विवाह बन्धनमा बाँधिन लागेकी हुन । परम्परागत रूपमा हुने सो विवाह समारोह एलिनाको गृह जिल्ला झापामा हुनेछ, जसका लागि बिर्तामोडस्थित बिर्ता पार्टी प्यालेसमा विवाह समारोहको आयोजना गरिएको छ। मङ्गलवार उनले मेहन्दी समारोह गरेको तस्बिर तथा भिडियो सार्वजनिक भइसकेको छ भने बागलुङबाट जन्तीसहित विष्णु मङ्गलवार नै झापा पुगिसकेका छन् । एलिना र विष्णुले केही वर्षको प्रेम विवाहमा परिणत गर्न लागेका हुन् । विष्णु केही समयदेखि अस्ट्रेलिया बस्दै आएका छन् । तर, यसबिचमा उनीहरूको ब्रेक अप भएको हल्ला पनि चलेको थियो । सो हल्लालाई चिर्दै एलिना–विष्णु विवाह बन्धनमा बाँधिन लागेका हुन ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार