इलाम / आचार संहिता उल्लङ्घन भएको भन्दै दुई उम्मेद्धारलाई स्पष्टीकरण सोधिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलन योङहाङ लिम्बू र पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमलाई उपनिर्वाचन आचारसंहिता उल्लङ्घनमा स्पष्टीकरण सोधिएको हो ।
उपनिर्वाचन आचारसंहिता अनुगमन अधिकृत राजेन्द्र आचार्यले दुई उम्मेद्धारलाई २४ घण्टाभित्र जबाफ माग्दै लिखित स्पष्टीकरण सोधको जानकारी गराएका छन् ।
रास्वपा उम्मेदवार मिलनविरुद्ध निर्वाचन प्रचारप्रसार तथा मत माग्ने क्रममा मापदण्ड विपरीत ठुला–ठुला ब्यानर, फोटो, स्ट्यान्ड बनाइ टाँस गरेको भन्ने उजुरी परेको जनाइएको छ ।
अर्का उम्मेदवार डकेन्द्रसिंहलाई निर्वाचन प्रचारप्रसार तथा मत माग्ने क्रममा मापदण्ड विपरीत नेकपा (एमाले)का उम्मेदवार सुहाङ नेम्बाङले नयाँ वर्ष–२०८१ को शुभकामना एवं निर्वाचनमा आफूलाई मत मागेको भिडियोलाई तोडमोड गरी साउन्ड डबिङ गरी डकेन्द्रकै नाममा मत मागेको पाइएकाले स्पष्टीकरण लिइएको पत्रमा उल्लेख छ ।
अझै पनि जिल्लामा विभिन्न दलले ठुलो आवाजमा ध्वनि प्रदूषण सहित मत माग्ने क्रम रोकिएको छैन ।
प्रतिक्रिया