भीमाको मृत्युको नैतिक जिम्मेवारी प्रदेश अस्पताल प्रशासनले लिनुपर्ने उनका ससुरा धनबहादुर बलामी मगरले बताए । ‘आठमहिने नाबालिका दुधे बालिकाको पालनपोषणका लागि उचित राहत, परिवारका सदस्यमध्ये एकजनालाई रोजगारी, बालिकाको पठनपाठनको ग्यारेन्टी र घटनाको उच्चस्तरीय छानबिन समिति गठनको माग राखेका छौँ,’ उनले भने, ‘शान्तिपूर्ण आन्दोलन, धर्ना र पटक–पटक वार्ता छलफल गर्दा पनि अस्पताल प्रशासनले यस विषयलाई गम्भीरतापूर्वक नलिई गैरजिम्मेवारीपन प्रदर्शन गरेको छ ।’अस्पताल प्रशासनले पीडितको मागबारे कुनै सुनुवाइ नगरेपछि भीमाको शव प्रदेश अस्पतालमै छाडेर घर जान लागेको उनले बताए । आजको नयापत्रिका दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया