मोरङ - पूर्वपश्चिम राजमार्गको काकरभिट्टा –लौकही सडक खण्ड स्तरोन्नतिका लागि काम सुरु भए सँगै निर्माणले तीव्रता पाएको छ । ३ वर्षमा निर्माण कार्य सम्पन्न गर्ने योजनाको साथ एसियाली विकास बैङ्कले स्तरोन्नति गर्न लागेको यो सडक एसियन हाइवे मापदण्डको बन्नेछ । एसियाली विकास बैङ्कले स्तरोन्नति गर्न लागेको यो सडकको लागत ३ सय मिलियन डलर रहेको छ ।
काकरभिट्टा देखि लौकही सम्मको १२० किलोमिटर सडक स्तरोन्नति हुने भनिए पनि हाल ९५ दशमलव ७६० किलोमिटर सडक मात्र ठेक्का लागेर काम सुरु भएको छ । जसमा सडक आयोजनाले पूर्वी खण्ड र पश्चिम खण्ड गरी दुई भागमा विभाजन गरिएको छ ।
काकरभिट्टा देखि सितापुर सम्मको ४५ किलोमिटर सडक दमक स्थित रहेको कार्यालयले हेर्नेछ भने सितापुरबाट इटहरी पश्चिम पचरुखी सम्मको सडक इटहरी कार्यालयले हेर्नेछ । पूर्वी खण्डमा १ दशमलव पाँच प्रतिशत काम भएको आयोजनाका दमक कार्यालय प्रमुख सुनिलबाबु पन्तले बताए ।
पूर्वी खण्डमा २१ वटा पुल रहेका छन् भने १३५ वटा कल्भर्ट रहेका छन् । जसमध्ये पाईल फाउन्डेसन विधिबाट केर्खा खोला र कमल खोला पुल निर्माण भइरहेको र ३५ वटा कल्भर्टको निमार्णको निमार्ण कार्य जारी रहेको प्रमुख पन्तले बत्ताउँछन् ।
सडक किनारमा पर्ने ११ हजार ५१३ वटा रुख कटान हुने मध्ये ७५ प्रतिशत रुख कटानको काम भइसकेको आयोजनाको कार्यालय दमक र इटहरीले जनाएको छ । वातावरण प्रभाव मूल्याङ्कनको रिपोर्ट माटो ल्याएर सडक विस्तारको फिलिङको काम जारी रहेको काकरभिट्टा–लौकही सडक आयोजना इटहरी कार्यालयका प्रमुख जगत प्रजापति बत्ताउँछन् ।
सडक आयोजनाका इटहरी कार्यालयका प्रमुख प्रजापतिका अनुसार सडक र पुल निर्माणका लागि ५ वटा अलग –अलग ठेक्का लगाएको छ । ठुला पुल निर्माणका लागि, साना पुल निर्माणका लागि बेग्ला बेग्लै ठेक्का लागेको छ भने ० देखि ४५ किमीसम्म,४५ देखि ८५ किमीसम्म र ८५ देखि ९७ दशमलव ७७० किमीसम्म ५ वटा ठेक्का लागेको छ ।
निन्दा, विरिङ, कनकाई पुल निर्माणका लागि एउटा , रतुवा, बक्राहा र लोहन्द्रा पुल निर्माणको अर्को लागेको छ । यी ६ वटा पुल ३ सय मिटर भन्दा लामा छन् । काम छिटो सम्पन्न गर्न अलग अलग टेन्डर आह्वान भएको प्रजापतिले बताए ।
तिन वर्गमा निर्माण हुने उक्त सडक बजार क्षेत्र, जङ्गल क्षेत्र र ग्रामीण क्षेत्र भनेर छुट्ट्याएको छ । बजार क्षेत्रमा ५० मिटर, जङ्गल क्षेत्रमा २४ मिटर र ग्रामीण क्षेत्रमा ३३ मिटर चौडाइको सडक निर्माण हुने प्रमुख प्रजापतिले बताए । सहरी क्षेत्रमा साइकल लेन, फुटपाथ, ड्रेनसहित निर्माण हुने यस सडक एकै पटक काम सुरु हुनेछ ।
३०० मिटरभन्दा लामो पुल रहेको ६ स्थानमा सिग्नेचर पुल निर्माण हुनेछन् । नेपालको कालिका र थुँगी कन्स्ट्रक्सन चाइनिज कम्पनीले जोइन्डमा गर्ने सडक निर्माणको कामका लागि धमाधम साइड खाली गर्ने काम भइरहेको आयोजनाका दमक कार्यालय प्रमुख सुनिलबाबु पन्तले बताए ।
फेब्रुअरी २ बाट ठेक्का लागु भएको आयोजना तिन वर्षमा सम्पन्न गर्नुपर्ने, थप एक वर्ष त्रुटि सच्याउने अवधि र थप पाँच वर्ष मर्मत अवधि समेतको ठेक्का लागेको सडक आयोजनाका इटहरी कार्यालयका प्रमुख प्रजापति बत्ताउँछन् ।
प्रतिक्रिया