इलामको निर्वाचनले मुलुकको नयाँ बाटो कोर्ने महामन्त्री थापाको भनाई

शनिबार, ०८ बैशाख २०८१
इलाम - इलामको निर्वाचनले मुलुकलाई नयाँ बाटो दिने भएकाले काँग्रेसका उम्मेद्धारलाई जिताउन नेपाली काँग्रेसका महामन्त्री गगन थापाले आग्रह गर्नुभयो । इलाम क्षेत्र न २ मा वैशाख १५ मा हुने प्रतिनिधि सभा सदस्यको उप निर्वाचन लक्षित इलाम सदरमुकाममा भएको चुनावी सभालाई सम्बोधन गर्दै थापाले डम्बर खड्कालाई जिताउन आग्रह गर्नुभएको हो । स्वर्गीय सुवास चन्द्र नेम्वाङका पुत्र सुहाङ नेम्वाङलाई उम्मेदवार बनाएको प्रति कटाक्ष गर्दै इलामे जनताले वंशवादलाई नभई लोकतन्त्रलाई जिताउने दिन आएको बताउनु भयो । थापाले ‘इलामका जनताले राजतन्त्रको पक्षमा मतदान गर्ने कि राजतन्त्रको पक्षमा मतदान गर्ने भन्दै प्रश्न गर्नुभयो । काँग्रेस उम्मेद्धार डम्बर खड्का इलामको समस्या बोकेर संसद् छिर्ने वास्तविक प्रतिनिधि हुने भन्दै काँग्रेसको तर्फबाट उठेका खड्काको जिम्मा लिने बताउनुभयो । इलामको यो चुनाव गठबन्धनको राजनीतिसँग जोडिएको भन्दै नयाँ सन्देका लागि खड्कालाई जिताउनु पर्ने थापाको भनाइ छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार