वराहक्षेत्रमा कृषि सडक धमाधम कालोपत्रे गर्न सुरु

आइतबार, ०९ बैशाख २०८१
वराहक्षेत्र- वराहक्षेत्र नगरपालिका वडा नं ९ मा चालु आर्थिक वर्ष २०८०-०८१ सालमा ३ वटा ग्रामीण कृषि सडक कालोपत्रेको अन्तिम चरणमा पुगेका छन् । स्थानीय कृषकले उत्पादन गरेका कृषि उपजहरूलाई सहज रूपमा बजारीकरण र बिक्री वितरण गराउन सहजतालागि ग्रामीण ३ वटा ग्राभेल सडकलाई कृषि सडकको कालोपत्रेमा विकास हुनेछन् । वडा नं ९ का वडाध्यक्ष निरञ्जन चन्दवसी मण्डलका अनुसार सङ्घीय सरकार , प्रदेश सरकार स्थानीय सरकारको बजेटबाट ग्रामीण कृषि सडकहरू कालोपत्रे बनेको हो । यसकालागि पूर्वमन्त्री समेत रहेका उक्त निर्वाचनबाट निर्वाचित प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्रबहादुर कार्की र नगर प्रमुख रमेश कार्कीको विशेष पहल रहेको उन्नले बताए । वडा नं ९ स्थित वानडाडा सगरमाथा चौकबाट कौवाटोलि हुँदै छविस पाइप निक्लने ६ सय ३३ मिनेट सडक कालोपत्रे भएको वडा सदस्य चतुर्लाल चौधरीले जानकारी । ग्रामीण कृषि मार्ग नाम दिएको उक्त योजनालागि सङ्घीय सरकारबाट १ करोड रकम सङ्घीय सरकारले विनियोजन गरेको थियो । त्यस्तै प्रदेश सरकार र स्थानीयको संयुक्त लागतबाट वडा नं ९ कै अर्को ग्रामीण कृषि सडक छविस पाइपदेखि सिकारी थान जोड्ने बाटो २ सय ८० मिटर र सिकारी थान देखि राजाबास जोड्ने २ सय ८० मिटर सडक कालोपत्रेका लागि ४०-४० लाख बजेट विनियोजन भएको  थियो । उक्त ३ वटा ग्रामीण कृषि सडक कालोपत्रे निर्माण भएसँगै स्थानीय कृषकहरूलाई धेरै सहज हुने नगर प्रमुख रमेश कार्कीले बताए । कृषि मार्गको रूपमा कालोपत्रे सडकका लागि प्रतिनिधि सभा सदस्य पूर्व मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पहल कदमी गरेको नगर प्रमुख कार्कीको भनाइ रहेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार