ह्वात्तै बढाए एमाले उम्मेदवार सुहाङले इलाममा मतान्तर

आइतबार, १६ बैशाख २०८१
इलाम : इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले मतान्तर फराकिलो बनाएका छन्। आइतबार दिउँसोबाट जारी मतदानमा अहिले फाकफोकथुम गाउँपालिकाको मतगणना जारी छ। सुरुवाती चरणमा नेपाली कांग्रेसका डम्बर बहादुर खड्काले अग्रता लिएका थिए। तर, वडा नम्बर ४ को मतगणनापछि एमालेका नेम्वाङ अघि लागे। पछिल्लो मतपरिणाम अनुसार सुहाङ ७ सय ८० मतले अघि लागेका छन्। उनले ३ हजार २ सय ४९ मतान्तरले अघि छन्। नेपाली कांग्रेसका खड्काले २ हजार ४ सय ६९ मत प्राप्त गरेका छन्। तेस्रोमा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम लिम्बू छन्। उनले ७ सय ३ मत प्राप्त गरेका छन्। त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलन लिम्बूले ४ सय ३४ मत प्राप्त गरेका छन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार