इलाममा एमालेका सुहाङले अग्रता बढाउँदै 

सोमबार, १७ बैशाख २०८१
 इलाम -उपचुनाव अन्तर्गत इलाम क्षेत्र नम्बर २ को पछिल्लो मत परिणामअनुसार नेकपा एमालेका सुहाङ नेम्वाङले अग्रता बढाउँदै लगेका छन। अहिलेसम्म १६ हजार १ सय ४३ कुल सदर मतमा नेम्वाङले ६ हजार ४ सय ३ मत ल्याएको निर्वाचन आयोगले जनाएको छ । यस्तै नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले ४ हजार ७ सय ८० मत ल्याएका छन । स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बुले ३ हजार १ सय ८८ र राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बुले १ हजार मत ल्याएका छन । इलाम २ मा शनिबार भएको मतदानमा ६९ हजार दुई सय ८७ जनाले मतदान गरेका थिए । २०७९ मा भएको प्रतिनिधि सभा चुनावमा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङ ३० हजार २० मत ल्याएर निर्वाचित भएका थिए । त्यतिबेला कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले २९ हजार ९ सय ६ मत ल्याएका थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार