इटहरी र दमकमा सत्य साई ट्रेडर्सको विशेष अफर - विद्युतीय सामाग्रीमा २५ प्रतिशतसम्म छुट

सोमबार, १७ बैशाख २०८१
इटहरी । सत्य साई ट्रेडर्सले नयाँ वर्ष २०८१ को अवसरमा विद्युतीय सामाग्रीहरूमा विशेष छुटको अफर ल्याएको छ । इटहरी र दमकबाट सेवा प्रदान गर्दै आएको ट्रेडर्सले विद्युतीय सामाग्रीहरूमा १० देखि २५ प्रतिशत सम्म छुटको अफर ल्याएको हो । अत्यधिक गर्मी बढेर तातो हावा चलेसँगै जनजीवन अस्तव्यस्त भइरहेको समयमा सर्वसाधारणहरूको सुविधाको लागी एसी, कुलर, पङ्खा , फ्रिज लगायतको सामाग्रीहरूमा छुट दिइएको सञ्चालक रिजन पौडेलले बताए । ट्रेडर्समा बाल्ट्रा , टेक स्टार , हाई टेक , रोवा, अवाइ, स्यामसुङ्ग ,हिटाची,फ्युजेन , लेकन लगायतका विभिन्न ब्रान्डका विभिन्न आठ सय भन्दा बढी आइटमका विद्युतीय सामाग्रीहरू पाइने पौडेलले बताए । ट्रेडर्सले अफर तथा विभिन्न प्याकेज बनाएर ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको छ । अन्य ससमयमा १३ हजार पर्ने इन्डक्सनमा लाग्ने कराही , फ्राई प्यान, कुकर, सस प्यान र इन्डक्सन १० हजारमै पाउन सकिने सञ्चालकले बताए । एक महिनासम्म चल्ने छुट अफरको फाइदा इटहरी र दमक दुवै स्थानका कार्यालयबाट लिन सकिने उनले जानकारी दिए । ट्रेडर्सको इटहरी कार्यालय इटहरी पश्चिम  म्याजिक स्ट्यान्ड छेउ र दमक पूर्व बसपार्क पशुहाट लाइनमा रहेको छ । एक वर्ष अगाडि मात्र सञ्चालनमा आएको कोशी प्रदेश भरी सेवा प्रदान गर्दै आएको छ । ट्रेडर्सले सस्तो र सुलभ दरमा कोशी प्रदेश भरी होम डेलिभरीको सुविधा समेत प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार