उपप्रधानमन्त्री उपेन्द्र यादवलाई राजीनामा दिन प्रधानमन्त्रीको सन्देश

आइतबार, ३० बैशाख २०८१
काठमाडौं । मधेस प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएसँगै केन्द्रीय सरकारको मन्त्रीपरिषदमा समेत त्यसको असर परेको छ । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई सरकार छाड्न सन्देश पठाएको एक उच्च सूत्रले बताएको छ । उपप्रधानमन्त्री यादव जनता समाजवादी पार्टीका अध्यक्ष हुन् । उनकै दलका नेता सरोज यादव मधेश प्रदेशका मुख्यमन्त्री छन् । मधेशको सरकारबाट आफ्नो दलका तर्फबाट मन्त्री रहेका भरतकुमार साह र युवराज भट्टराईले आइतबार मुख्यमन्त्री यादवलाई राजीनामा बुझाएलगत्तै उपप्रधानमन्त्रीलाई पदबाट राजीनामा दिन प्रधानमन्त्रीले सन्देश पठाएको सूत्रले जानकारी दिएको छ । माओवादीले आफ्नो मन्त्रीहरूलाई फिर्ता बोलाएर आजै सरकारबाट समर्थन फिर्ता लिने भएको जानकारी प्राप्त भएको छ । एमालेका तर्फबाट मन्त्री रहेका नेताले पनि राजीनामा दिने तयारी गरिरहेको बुझिएको छ ।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार