विज्ञापन परीक्षण गराएर मात्र प्रसारण गर्न बोर्डको आग्रह

सोमबार, ०७ जेठ २०८१
काठमाडौँ: विज्ञापन बोर्डले अनुमति लिई विज्ञापन परीक्षण गराएर मात्र प्रसारण गर्न आग्रह गरेको छ। सामाजिक सञ्जालमा आएका विभिन्न प्रकार र नामका चिया, तेल, स्याम्पो, औषधिजस्ता वस्तुले विभिन्न खालका रोगको समाधान गर्ने भन्दै चर्को मूल्य राखी बिक्री वितरणका लागि भ्रमपूर्ण विज्ञापन आएको भन्दै बोर्ड परीक्षण गराउन भनेको हो। बोर्डका प्रवक्ता एवम् प्रमुख प्रशासकीय अधिकृत निशानराज गौतमले विज्ञप्ति प्रकाशित गरी अनुमतिबिना विज्ञापन प्रसारण गरेमा कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइने जनाएको छ। विज्ञापन परीक्षण गराएर मात्र प्रसारण गर्नुपर्ने कानुनी व्यवस्था रहेको उल्लेख गर्दै तीन दिनभित्र अनुमति लिएर मात्र प्रसारण गर्न भनेको छ। पछिल्लो समय विभिन्न रोगको निदानका लागि विभिन्न किमिसका प्रोडक्टहरूको सामाजिक सञ्जालमा निर्वाध विज्ञापन हुँदै आएका छन्। बोर्डबाट श्रव्य, दृश्य तथा श्रव्यदृश्य विज्ञापन सामग्री प्रसारण गर्नुपूर्व परीक्षण गराएर मात्र प्रसारण गर्नुपर्ने व्यवस्था विज्ञापन नियमन गर्ने० ऐन, २०७६को दफा १५ खमा रहेको समेत स्मरण गराएको छ। विज्ञापनमा वस्तु तथा सेवा उत्पादन गर्ने व्यक्ति र कम्पनीको नाम समेत उल्लेख भएको नपाइएको र त्यस्ता विज्ञापनका विषयमा बोर्डमा उजुरी प्राप्त भएको समेत जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार