इटहरी । सहकारीमा संस्था भन्दा ब्यक्ति हाबी हुँदा आर्थिक संकट आईपरेको जिल्ला सहकारी संघ सुनसरीका अध्यक्ष गंगा प्रसाद दाहालले बताएका छन् । प्रदेश खबरसगँको विशेष कुराकानीमा अध्यक्ष दाहालले सो कुरा भएका हुन् ।
उनले सहकारीको सिद्धान्त, निर्देशन तथा निति नियम नमान्ने र ब्यक्ति केन्द्रित संस्थाका कारण अहिले सहकारी चरम समस्या रहेको बताए । ‘जुन संस्थामा सहकारीको मुल्यमान्यता, सिद्धान्त, ऐन नियम र बिनियम, साधारण सभाले पास गरेका निर्णय लागु भएका छन् । ति संस्थामा समस्या आएको हैन ।’ उनले भने “माथि उल्लेख भएका भन्दा फरक तरिकाबाट बाहिरका ब्यक्ति सञ्चालक समिति रहेको, विधिबिधान बाहिर काम गरेका संस्थामा समस्या आएको छ ।”
सहकारीमा सेयर सदस्य नभई ऋण प्रवाह गर्न नपाईने नियम हुँदाहुँदै ब्यबस्थापन समितिका पदाधिकारी तथा सञ्चालका आफन्तलाई मुखले भनेकै भरमा रकम दिँदा एक पटि अर्काे सहकारीमा आर्थिक समस्या आईपरेको अध्यक्ष दाहालको भनाई छ । १६ वर्ष सहकारी तथा बित्तिय कारोबारमा लागेका अध्यक्ष दाहाल केही समय अघि देखि जिल्ला अध्यक्ष छन् ।
विगतका वर्षमा सहकारीबारे समस्या आउने गरेको भएपनि आर्थिक समस्याबारे कोरोना भाईरस संक्रमण देखि यता एकाएक बढेको बताए । सहकारी नबुझेको ब्यक्ति सहकारी सञ्चालकमा नियुक्त हुने तर आर्थिक कारोबारमा सामान्य ज्ञान नहुँदा सहकारीको मुल्यमान्यता र सिद्धान्त विपरित हिडेको उनको टिप्पणी छ ।
पालिका स्तरिय सहकारीले आफ्नो भुगोल भन्दा बाहिर सेवा दिने, अफिसको डेकोरेसनमा बढी ध्यान दिने, निति नियम भन्दा बाहिर बसेर मनलाग्दी खर्च गर्ने गरेका कारण सहकारीमाथि जनताको विश्वास समेत कम हुँदै गएको अध्यक्ष दाहालको जोड छ । सुनसरीमा हाल ५३८ ओटा सहकारी सस्थाहरु जिल्ला सहकारी संघमा आबद्ध रहेका छन । अधिकाशंले आफ्नो कार्यक्षेत्र कति हो ? कहाँ कति लगानी गर्दा समस्या हुँदैन भन्ने जानकारी समेत नहुने कारण सहकारीमा समस्या देखिएको बताए ।
अध्यक्ष दाहाल भन्छन,बजारमा आफ्नो क्षेत्र तोकेर स्थापित भएका सहकारीहरु पनि अस्वस्थ प्रतिष्पर्धाका कारण आफनो पुजि समेत ख्याल नगरी अघि बढने प्रवृति देखिएको छ त्यसले बिकराल समस्या निम्त्याउदै छ । सरकारले समस्या देखिएका सहकारीलाई नियमन गर्नु पर्नेमा अध्यक्ष दाहालले जोड दिए । उनले अप्ठयारामा परेका सहकारी सस्थाको नियमन गरेर तत्काल समस्या समाधान नगरे आगामी दिनमा राम्रो संग संचालमा रहेका सहकारीलाई समेत चुनौति हुने जिकिर गरेका छन ।
प्रतिक्रिया